परिसंघ र प्रदेश सरकारको आयोजनामा प्रदेश–२ को समृद्धिको आधार र योजना बारे चर्चा

जनकपुरधाम, नेपाल उद्योग परिसंघले सुरुवात गरेको नेपालको “समृद्धिको मार्गचित्र” विषयमा परिसंघ तथा परिसंघ प्रबुद्ध परिषद प्रदेश–२ को राजधानी जनकपुरधाम पुगेको छ । परिसंघ प्रबुद्ध परिषदको समन्वयमा नेपाल उद्योग परिसंघ तथा प्रदेश–२ सरकारले संयुक्तरुपमा सो प्रदेशको समृद्धिको मार्गचित्रको छलफल फागुन २० गते सम्पन्न गरेको छ । 
उप–प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त छलफलमा सहभागीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदेश–२ भु–भागमा सानो हुनु र जनसंख्या ठुलो हुनु त्यस प्रदेशको अनुकुलता रहेको भन्दै समथर भुभाग, उपलब्ध सिचाई तथा त्यहाँको उवरता त्यस क्षेत्रको ठूलो सम्भावना रहेको जनाएका थिए । त्यस क्षेत्रका सम्पूर्ण राजनैतिक दलका नेता, नीति तथा योजनाकारहरुले भविष्यलाई हेरि ठुलो सोचले योजनाहरु तर्जुमा गर्नु पर्नेमा जोडदिएका थिए । त्यस प्रदेशमा मानव विकासको सुचाङ्क अन्य प्रदेशहरुको तुलनामा न्युन रहेकोले शिक्षामा ठुलो लगानी गर्नु पर्ने आवश्यकता औल्याउदै विश्वका अब्बल विश्वविद्यालयहरुसंग समन्वय गरि देशमै नमुना शिक्षालय स्थापना गर्नु पर्ने विषयलाई जोड दिएका थिए । ‘अव समग्र (Macro) मा कुरा गरिरहने समय छैन, कुनै उद्योग विशेषको पहिचान गरि सो उद्योगको विकास गर्नु आवश्य छ । त्यस्तो उद्योग कुन हुन सक्दछ सो प्रदेशले पहिचान गर्न सक्नु पर्दछ’, उनले जोड दिएका थिए ।
सो छलफका प्रमुख अतिथि संघीय उप–प्रधानमन्त्री  तथा स्वाथ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले छोटो समयमा मुलुकमा धेरै ठुला राजनैतिक परिवर्तनहरु भएको र ति परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवस्यकता रहेको जनाएका थिए । उनले प्रदेश–२ को आर्थिक समृद्धिको आधार कृषि हुन सक्ने विषयलाई जोड दिएका थिए । ‘पुरानो प्रविधि तथा पुरानै शैलिको खेतिले प्रदेशले सोचेको आर्थिक समृद्धि हासिल गर्न सक्दैन, त्यसका लागि हालको सोच बदल्नु पर्दछ । कृषिलाई आधुनीकिकरण गरिनु आवस्यक छ, व्यावसायिकरण गरिनु आवस्यक छ’, उनको भनाई थियो ।
सो कार्यक्रममा प्रदेश–२ का मुख्य मन्त्री लालबाबु राउतले प्रदेशमा समृद्धिका प्रसस्तै आधारहरु रहेको वताउदै लगानी विना संमृद्धि संभव नभएकोले लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार हरवखत तयार रहेको बताएका थिए । लागनी आकर्षण गर्न जुन सुकै समस्याको समाधानमा आफु लागि पर्ने उनले वताएका थिए । ‘हामीहरुले सरकार गठनकै बेलादेखि लगानीमैत्री वातावरण निर्माण गर्ने नीति लिएका छौं, लगानी भित्र्याउन आवश्यक सबै पूर्वाधार तयार गरी लागानी सुरक्षाको सुनिश्चितता प्रदेश सरकारले गर्छ’ । उनले भने, ‘यसका निम्ति आवश्यक कानुन निर्माणको प्रक्रिया शुरु गरिसकेका छौं । आगामी चैत मसान्तभित्र प्रदेशमा उद्योग सम्बन्धी कानुन बनिसक्ने छन्’ । उनले लगानी कर्ताहरुलाई प्रदेश–२ मा लगानीका लागि आह्वान समेत गरेका थिए । 
प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले कृषि तथा कृषिसंग संवन्धित उद्योगको प्रसस्तै सम्भावना भएको र त्यसका लागि प्रदेश सरकारले आन्तरिक सडक संजाल तथा अन्य भौतिक पूर्वाधारहरुको विस्तारमा समेत जोड दिई रहेको जानकारी गराएका थिए । प्रदेश–२ कै आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश सरकारले भुमी बैंकको परिकल्पना गरिरहेको र छिटै लागू गर्ने गरि काम अघि बढाईएको जानकारी गराएका थिए । ‘प्रदेशले शिक्षामा समेत लगानी बढाएको छ, यस्ले दक्ष जनशक्तिको आवश्यकता समेत पुरा गर्ने छ’, उनले भनेका थिए ।
यस अघि प्रदेश–२ का समृद्धिका आधारहरु पहिचान गर्ने क्रमका परिसंघ प्रबुद्ध परिषद (CNI Think Tank) का संयोजक, पूर्व राजदुत डा. सम्भुराम सिंखडाले आफ्नो अनुभवहरु सुनाउदै मुलुक परिवर्तन भई रहेको घडिमा सोच समेत परिवर्तन हुनु पर्नेमा जोड दिएका थिए । सो छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष त्रय डा. शंकर शर्मा, डा. गोविन्दराज पोख्रेल तथा डा. स्वर्णिम वाग्लेले प्रदेश–२ को आर्थिक समृद्धिका आधारहरु तथा योजनाहरुका पक्षमा विविध चर्चा गरेका थिए । एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दु लोहनीले प्रदेस–२ ले अवका योजनाहरु छरिएका नभई कुनै एक विषय वा उत्पादनलाई लिएर त्यसको मुल्य तथा आपूर्ति श्रंखलाको विकास तथा प्रवद्र्धनमा जोड दिनु पर्ने कुरा उल्लेख गरेका थिए, त्यसका लागि उनले सडक संजाल, उकृष्ठ प्राविक शिक्षलयहरुको आवश्यकता औल्याएका थिए । नेपाल सरकारका पूर्व सचिव तथा इन्जिनियर किशोर थापाले व्यवस्थित शहरिकरणका वारेमा चर्चा गरेका थिए । निजगडलाई अहिले देखिनै व्यवस्थित, छरितो सहर (Smart City) का रुपमा विकास गरि त्यसलाई देशका अन्य भागहरुसंग हवाई तथा सडकमार्गद्वारा जोड्न सके प्रदेश–२ को मात्र नभएर देशकै नमुना छरितो सहर बन्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै नेपाल एसविआई वैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नागरले त्यस क्षेत्रको वित्तिय अवस्था तथा लगानीका सम्भावनाहरुका वारेमा जानकारी गराएका थिए ।
परिसंघले सुरुवात गरेको प्रदेश–२ को आर्थिक समृद्धिको वहसमा संघीय उप–प्रधानमन्त्री तथा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदेश–२ सरकारका मुख्यमन्त्री, सम्पूर्ण मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रतिपक्षी दलका नेता, प्रदेश सभासदहरु, प्रदेश–२ नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा तथा नीति आयोगका अन्य सदस्यहरु, विभिन्न राजनैतिक दलका नेताहरु त्यस प्रदेशमा उद्यमी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो भने सोहि छलफलका लागि केन्द्रिय राजधानीबाट परिसंघका पदाधिकारी, राष्ट्रिय परिषदका सदस्य लगायत परिसंघ प्रबुद्ध परिषदका विषिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 
alt
 
alt
 
 
प्रे.वि.नं. ०३३/०७५