नेपाल उद्योग परिसंघ (CNI) को सोह्रौ वार्षिक साधारण सभाको सूचना

मितिः २०७५/११/३०
 
श्रीमान सदस्यज्यूहरु 
नेपाल उद्योग परिसंघको सोह्रौ वार्षिक साधारण सभाको कार्यक्रम यही २०७५ चैत्र २५ गते (तदनुसार 8th April 2019) मा निम्न अनुसार तय भएको सम्पूर्ण सदस्यज्यूहरुमा जानकारी गराउन चाहन्छौं ।
 
तपसीलः
 
पहिलो सत्रः
(क) साधारण सभाको समुद्घाटन समारोह : चैत्र २५ गते विहान १०:३० वजे देखि १ वजे सम्म, होटल र्‍याडिसन, लाजिम्पाट, काठमाण्डौ ।
 
दोश्रो सत्र :
(क) साधारण सभाको बन्द सत्र : चैत्र २५ गते दिनको २ वजे देखि ४ वजे सम्म 
(ख) राष्ट्रिय परिषदको निर्वाचन : चैत्र २५ गते दिनको ४ वजे देखि ५ वजे सम्म
(ग) उपाध्यक्षहरुको निर्वाचन : अपरान्ह ५ वजे देखि ६ वजे सम्म
 
स्थान : होटेल र्‍याडीसन, लाजिम्पाट, काठमाण्डौ
 
सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा वलिज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने समुद्घाटन समारोह सहित सम्पूर्ण कार्यक्रममा परिसंघका सवै सदस्य प्रतिनिधिज्यूहरुको उपस्थिति सहित साधारण सभा सफल बनाउनका लागि हार्दिक आग्रह गर्दछौं ।
एक दिने साधारण सभामा भागलिन आवस्यक प्रतिनिधि दर्ता फाराम, निर्वाचन सम्वन्धमा गरिएका व्यवस्था (कार्यक्रम) तथा परिसंघ राष्ट्रिय परिषद सदस्य मनोनयन दर्ता फाराम यहाँहरुको प्रयोजनार्थ डाउनलोड गर्न तल दिईएको लिंकमा क्लिक गर्नुहुन अनुरोध छ । 
यस सम्बन्धि थप जानकारी आवश्यक परेमा परिसंघको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
 
डाउनलोड लिंकहरु:
 
 
साधारणसभामा भाग लिन प्रति प्रतिनिधि रु. ३००० लाग्ने व्यवस्था गरिएको समेत जानकारी गराउन चाहन्छौ।
 
महानिर्देशक
नेपाल उद्योग परिसंघ
थापाथलि, काठमाण्डौ