बङ्गलादेश नेपालबाट धागो आयात गर्न इच्छुक

नेपालका लागि बङ्गलादेशका राजदूत Mashfee Binte Shams ले नेपाल बंङ्गलादेश बीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुबै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन । साथै दुबै देश बीच सुविधा युक्त व्यापार सम्झौता (Preferential Trade Agreement) गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गर्दै विशेष नेपालबाट बङ्गलादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गरिन ।
बङ्गलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल– बङ्गलादेश दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए । दुई मुलुक छिमेकी राष्ट्र हुन तापनि यी मुलुकहरु बीच अपेक्षीत मात्रामा व्यापार विस्तार हुन नसकेको बताए । साथै नेपाल र बङ्गलादेशमा हुने मेला तथा प्रदर्शनीले दुबै मुलुक बीचको व्यापार प्रवद्र्धनमा योगदान पुर्‍याएको बताउँदै यसमा अझ बढी जोड दिनु पर्ने बताए । बङ्गलादेशले लघु वित्त (Micro Credit) मा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । वि वि आई एन्, डब्लु टी ओ, सार्क, विमिस्टेक जस्ता संगठनमा नेपाल र बङ्गलादेशको साझ मुद्दा भएको र फुलबारी–बङ्गलाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने अध्यक्ष मोरले बताए ।
सो भेटवार्तामा परिसंघका गभर्निङ्ग काउन्सिलका सदस्य, राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।
alt