नेपाल लगानीका लागि उपयुक्त मुलुक !

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र चीन बीच केही वर्ष यता विकास हुँदै गएको आपसी सम्बन्धले दुबै देशका निजी क्षेत्र बीच समझदारी भइ लगानी र औद्योगिक विकासमा महत्वपूर्ण उपलब्धी हाँसिल हुने विश्वास व्यक्त गरेका छन् ।
सम्माननीय राष्ट्रपतिको समुपस्थितिमा चीनको बेइजीङ्गमा बैशाख १५ गते आयोजित “नेपाल चीन आर्थिक तथा व्यापार मञ्च” (Nepal-China Economic and Trade Forum) मा परिसंघको अध्यक्षको तर्फबाट उनले उक्त विचार व्यक्त गरेका हुन् । 
उक्त मञ्चमा बोल्दै परिसंघका अध्यक्ष मोरले दक्षिण एशियाका मुलुक मध्ये नेपाल लगानीको लागि राम्रो अवसर भएको मुलुक रहेको बताएका थिए । हालै नेपाल सरकारले लगानी सुरक्षाको लागि उद्योग–व्यवसायसँग सम्बन्धित कानुन, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकोले कुनै पनि लगानीकर्ताले नेपालमा निश्चिन्त भइ लगानी गर्न सक्ने वातावरण बनेको विश्वास दिलाउँदै उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गरेका थिए ।
उनले नेपालमा हालै सम्पन्न “नेपाल लगानी सम्मेलन २०१९” मा चिनिया लगानीकर्ताको सहभागिता त्यसभन्दा अघि चीनमा आयोजित “पूर्व लगानी सम्मेलन”, “नेपाल–चीन आर्थिक तथा व्यापारिक मञ्च” मा व्यक्त विचारबाट समेत चीनको निजी क्षेत्रले नेपाल लगानीको लागि भरपर्दो र विश्वासिलो देशको रुपमा लिएको आफ्नो अनुभव रहेको बताएका थिए । उनले आफ्नो मन्तव्यमा “नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीहरु, लगानीका सफल उदाहरणहरु हुन जसले राम्रो नाफा आर्जन गरेका छन्” भनेका थिए । साथै उनले नेपाली उत्पादनलाई बजारको समस्या नरहेको, नेपाल भारत वाणिज्य सन्धि, नेपाल चीन वाणिज्य सन्धि र नेपाली वस्तुहरुको निकासीमा अमेरिका र युरोपका बजारमा प्राप्त हुने भन्सार सहुलियत महत्वपूर्ण फाइदा रहेको जनाए । नेपाली उत्पादनको निकासीमा समस्या नरहेको भन्दै चीनबाट सुरु भएको बी आर आइ (द्यच्क्ष्) जस्ता ठूला परियोजनाबाट नेपाली उद्योग व्यवसाय प्रवद्र्धन गर्ने क्षेत्रमा राम्रो फइदा हुने विश्वास व्यक्त गरे । उनले चिनीया लगानीकर्तालाई नेपालमा लगानी बढाउन समेत आग्रह गरेका थिए ।
अध्यक्ष मोरले नेपाल उद्योग परिसंघ र चीनको सीसीपीआईटी (CCPIT) बीचको आपसी समझदारी र सहकार्यले दुई देश बीचको लगानी र व्यवसाय प्रवद्र्धनमा थप सहयोग पुग्ने विचार व्यक्त गरेका थिए ।
 
alt
 
प्रे.वि.नं. ००५/०७६