अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औ‌ं महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान

alt
नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा परिसंघ रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औं महासभामा भाग लिन आज, आइतबार जेनेभा प्रस्थान गुर्न भएको छ ।
नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागीता जनाउँदै आएको छ । 
अन्तराष्ट्रिय श्रम संगठनको स्थापनाको सय वर्ष पूरा भएको अवसरमा उक्त महासभालाई सम्माननीय प्रधानमन्त्री श्री के.पि. शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ । उक्त महासभामा नेपालको रोजगारदाताहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको सहभागिताबाट अन्तराष्ट्रिय श्रम संगठन साथै देश भित्र त्रिपक्षीय सम्बन्धमा थप विस्तार हुने विश्वास परिसंघले लिएको छ ।