परिसंघका प्रवक्तामा उपाध्यक्ष कृष्णप्रसाद अधिकारी

altनेपाल उद्योग परिसंघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको छ । प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रले उठाएका एजेण्डाहरुलाई स्थापित गर्दै परिसंघको भूमिका बढाउन आफू क्रियाशिल रहने बताउनु भयो । सरकार तथा  सार्वजनिक सरोकारका सबै निकायसँग थप साझेदारी तथा समन्वय विस्तारमा आफ्नो प्रयास केन्द्रित रहने पनि उपाध्यक्ष तथा प्रवक्ता अधिकारीले उल्लेख गर्नु भयो । 
चितवन उद्योग संघको पूर्व अध्यक्ष रहनु भएका अधिकारीले परिसंघमा यस अघि पनि परिसंघ प्रदेशहरुको सञ्जाल विस्तार र जिल्ला संघहरुसँगको सम्बन्ध बढाउने कार्यमा सफलतापूर्वक जिम्मेवारी निभाउँदै आउनु भएको छ ।