पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवद्र्धनमा जोड

नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षिय व्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ । पाकिस्तानका लागि नेपाली राजदुत तपस अधिकारीसंग कार्यभार सम्हाल्न जानु अघि अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो । 
महामहिम राजदूत अधिकारिसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले भन्नु भयो, “नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिदैं आएको छ । देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसंग परिसंघले संवाद तथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत छ ।” 
दक्षिण एसियाली मित्रराष्ट्र पाकिस्तानसंगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदुतावासहरुको थप सकृयता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदुतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले विश्वास व्यक्त गर्नु भयो । लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुदाँहुदै पनि आपूर्ती प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकोले त्यसमा आवश्यक पहल लिन पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले राजदूत अधिकारीसँग आग्रह गर्नु भयो । 
छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तान बीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताउनु भयो । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ती प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नु पर्ने राजदूत अधिकारीको भनाइ थियो । 
राजदुत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउने तर्फ पनि आफुले पहल गर्ने विश्वास दिलाउनु भयो । यसैगरि टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउने तर्फ ध्यान दिनु पर्ने पनि राजदुत अधिकारीले आग्रह गर्नु भयो ।
सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दुतावास थप सकृय हुने विश्वास लिएको बताउनु भयो ।
 
alt