नेपाल–भारत व्यवसायमा बाधा पार्ने खेल

मितिः २०६९ ।०६ ।१२

नेपाल कम्यूनिष्ट पार्टि माओवादीले भारतीय नम्वर प्लेटका गाडीहरु नेपाल प्रवेशमा हिजोदेखी रोक लगाएका कारण एकातिर सयौं गाडीहरु भन्सारमा रोकिएका छन् भने अर्कोतिर हजारौं गाडीहरु भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रममा बाटोबाट नै फर्कन थालेका छन् । उद्योगका लागि आवश्यक कच्चा पदार्थ एवम् आम उपभोक्ताको दैनिक जिवनमा आवश्यक उपभोग्य वस्तुहरु दशै तिहार जस्ता नेपालीहरुको महान चाडपर्वहरुको पूर्वसंध्यामा रोकीदिंदा उद्योगहरुलाई करोडौं नोक्सान हुने र यसको जिम्मेवारी कसले लिने भन्ने सवाल खडा भएको छ । त्यसैगरी, यसले आर्थिक विकासको आधार र खुला बजार अर्थतन्त्रको हिमायती निजी क्षेत्र सशंकित मात्र होइन विचलित नै हुने अवस्था आएको छ । त्यसैगरी, दशै तिहार जस्ता चाडपर्वको मुखैमा आएर यसरी आपूर्ति प्रणाली नै प्रभावित हुँदा  दैनिक उपभोग्य वस्तुहरुको हाहाकार हुने र मूल्य आकासिने सम्भावनालाई पनि नकार्न सकिदैन ।.............

Media Response

नेपाल भारत सम्वन्ध बहुआयामिक भएको कुरा कसैबाट छिपेको छैन भने नेपालको कुल बैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतमा निर्भर त छ नै अन्य देशसँगको व्यापार गर्ने बाटो पनि भारत नै हो भन्ने सबैका सामु छर्लङग छ । तर कथित क्रान्तीकारीको नाममा मुलुकमा व्याप्त तरल राजनीतिको फाइदा उठाउँदै नेकपा माओवादीले चालेको यो कदम गलत मात्र नभै अनावश्यक राजनीति, खोक्रो राष्ट्रबाद र राष्ट्रको आर्थिक विकास तथा जनताको मौलिक हक विरोधी पनि हो । जनताको लागि लामो संघर्ष र शसस्त्र द्धन्द समेत गरेर शान्तीपूर्ण राजनीतिमा आएको र आँफुलाई जनताको समृद्धिको पक्षपाती बताउँदै आएको उक्त पार्टिको यस्तो गैरजिम्मेवारपूर्ण कदम प्रति नेपाल उद्योग परिसंघ (CNI) विरोध एवम् खेद प्रकट गर्दछ र यो कार्य तुरुन्त फिर्ता माग समेत गर्दछ ।