चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र निर्माणमा जोड

मितिः २०६९ ।०६ ।२५

चितवनमाअन्तरराष्ट्रियऔद्योगिकप्रदर्शनीकेन्द्रनिर्माणमाजोड

नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रतिनिधि मण्डलले बुधवार उद्योग मन्त्री श्री अनिल कुमार झालाई भेटी परिसंघ र चितवन उद्योग संघको पहलमा चितवनको भरतपुर नगरपालिकामा बनाउने भनिएको अन्तरराष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी केन्द्रका लागि सहयोग गरिदिन आग्रह गरेको छ । परिसंघका अध्यक्ष विनोद चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा परिसंघका पदाधिकारीका साथै चितवन उद्योग संघ र रुपन्देही उद्योग संघका पदाधिकारीहरु पनि सहभागी थिए । चितवन उद्योग संघ र रुपन्देही उद्योग संघ परिसंघका संस्थागत सदस्य र स्थानीय साझेदार हुन ।

उद्योग मन्त्रालयमा भएको उद्योग मन्त्री र उद्योगीहरु विचको उक्त अन्तरक्रियामा सार्वजनिक नीजि साझेदारी मार्फत लगानी प्रवर्धन, औद्योगिक प्रदर्शनी, शैक्षिक तथा व्यवसायिक तालिम प्रदान गर्ने लगायतका विषयमा काम गर्न सकिने विषयमा छलफल भएको थियो । परिसंघका अध्यक्ष बिनोद कुमार चौधरीले सरकारले गर्नु पर्ने औद्योगिक पुर्वाधार निर्माणको काम गर्न निजी क्षेत्र तत्पर हुँदा सरकारले दिल खोलेर सहयोग गर्नु पर्ने धारणा राख्नु भयो । परिसंघको अबको प्राथमिकता औद्योगिक र व्यवसायिक सम्भावना भएका क्षेत्रमा थप आर्थिक गतिविधि र रोजगारी सृजना गर्ने रहेको छ,अध्यक्ष विनोद चौधरीले भन्नुभयो । चितवनमा आर्थिक र व्यवसायिक सम्भावना बढी भएको तथा भौगोगिक अवस्थिति र पुर्वाधारका हिसावले पनि चितवन अन्तररष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी स्थलका लागि उपयुक्त भएको उहाँको धारणा थियो ।..........

Media Response

सोही अवसरमा चितवन उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले भरतपुर नगरपालिकामा घरेलु तथा साना उद्योग विभागको स्वामित्वमा रहको ४ बिगाहा जमिन अन्तररष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी केन्द्र स्थापनाका लागि उपलब्ध गराइदिन आग्रह गर्नुभयो । उक्त स्थानमा अहिले पनि चितवन उद्योग संघले विभिन्न समयमा औद्योगिक प्रदर्शनीहरु सञ्चालन गर्दै आएको हुनाले सोही स्थानमा स्थायी संरचना सहितको अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र बनाउन परिसंघ र सरकारसँग सहकार्य गर्न खोजेको अधिकारीको भनाई थियो । हामीले सरकार सँग जमिनको स्वामित्व मागेका छैनौ,अधिकारीले भन्नुभयो,खाली सार्वजनिक नीजि साझेदारीमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी बनाएर दिर्घकालिन रुपमा सञ्चालनका लागि अनुमती मागेका हौं ।सोही कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठकले वन मन्त्रालयले सर्वोच्च अदालतको परमादेशको अवज्ञा गर्दै वनक्षेत्र वरीपरीका उद्योगहरुलाई विस्थापन गर्न खोजेकाले ती उद्योगहरुको संरक्षणका लागि पहल गरिदिन उद्योग मन्त्रीसँग आग्रह गर्नुभयो । त्यसैगरी, बुटवल औद्योगिक करिडोरका उद्योगहरुले फोहरजन्य सामानहरुको प्रशोधन गरेर सामान उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न मूल्य अबिधृद्धि कर छुट दिने व्यवस्थाका लागि पहल गरिदिन पनि पाठकले अनुरोध गर्नुभयो ।

उद्योग मन्त्री अनिल कुमार झाले अन्तररािष्ट्रय औद्योगिक प्रदर्शनी केन्दै निर्माण र सञ्चालन गर्न नीजि क्षेत्र अग्रसर हुनु स्वागतयोग्य भएको बताउनु भयो । राजनीतिक अस्थिरताका कारण औद्योगिक विकास सँग सम्वन्धित महत्वपूर्ण विधयकहरु परित हुन नसकेकाले औद्योगिक प्रवर्धनका लागि उद्योग मन्त्रीले काम नै नगरे जस्तो देखिएको छ, मन्त्री झाले भन्नुभयो, अध्यादेशबाट आर्थिक बिधयक ल्याउने अवस्था पनि नरहेकाले चुप लागेर बस्नु परेको छ । हिमाल सिमेण्ट र विराटनगर जुट मिलका विषयमा आफ्नो नाम जोडेर विभिन्न खाले टिका टिप्पणी भएको गुनासो गर्दै मन्त्री झाले भन्नुभयो, यस्तै प्रबृत्तिले गर्दा चितवनमा अन्तररािष्ट्रय औद्योगिक प्रदर्शनी केन्द्रका लागि जमिन खोगचलन गर्ने अनुमती दिन पनि डर लागिरहेको छ । तर, यस विषयमा फाइल अघि बढी सकेकाले अन्यत्रबाट विरोध नआए छिट्टै मन्त्रीपरिषदबाट निर्णय गराउन प्रयास गर्नेछु ।आँफुले सदैब उद्योगको विकास र उद्योगीको हितमा काम गरिरहेकाले अनावश्यक शंका नर्गन पनि मन्त्री झाले आग्रह गर्नुभयो ।