अन्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा शुभकामना

नेपाल उद्योग परिसंघ श्रमिकहरुको अधिकार रक्षार्थ वर्षौदेखि मनाउँदै आएको अन्तराष्ट्रिय मजदुर दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुमा शुभकामना व्यक्त गर्दछ । देशमा औद्योगिक वातावरण सहित श्रमजीवीलाई एकतावद्धबनाई मज्वुत, सवल र सुदृढ राष्ट्रिय अर्थतन्त्रको परिकल्पनामा हातेमालो गर्दै आत्मनिर्भर नेपाल बनाउन यस दिवसले प्रेरणा मिलोस भन्ने कामना समेत गर्दछ । 
कोरोना महामारीले उत्पन्न विषम परिस्थितिमा संगठीत र असंगठीत क्षेत्रका मजदुर वर्गका लागि सरकारबाट विशेष राहतका कार्यक्रम ल्याई श्रमिकको हितमा कार्य गर्नु पर्ने अहिलेको अवस्था चित्रण गर्र्दै उद्योगी र श्रमिकबीच सद्भाव कायम राख्नै उद्योगमैत्री वातावरणको सृजना गर्न यस दिवस अभियानकोरुपमा अगाडी बढ्ने विश्वास विश्वास हामीले गरेका छौ ।  
कोरोनाबाट आम नागरिक तथा मजदुर वर्गलाई सुरक्षित राख्नु सरकारको पहिलो कर्तव्य हो भने विशेषगरी मजदुर वर्ग स्वयं सचेत बन्न अहिलेको टड्कारो आवश्यकता रहेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताउनु भएको छ । अध्यक्ष मोरले कोभिडको प्रकोपबाट उत्पन्न समस्याहरुले प्रत्यक्षरुमा उद्योग, व्यापार तथा व्यवसायमा समेत प्रभाव परिरहेको छ । मानव जीवन र अर्थतन्त्र एक अर्काको पर्याय हुन भन्ने सोचका साथ सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्त खोप लगाउने कार्य थाल्न र उद्योग व्यसाय सञ्चालनमा सहजता बनाउन माग गर्नु भएको छ । 
खोप आयातमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरुदेशका खोपहरुलाई पनि अनुमति प्रदान गरी फास्टट्रयाकबाट खोप आयात गरी खोपलाई अभियानको रुपमा नेपालभर लगाउने व्यवस्था मिलाउन सरकारसँग परिसंघ माग गर्दछ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नका लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरहरुलाई पहिलो प्राथमिकतामा राखी खोपको व्यवस्था गर्न समेत परिसंघ माग गर्दछ ।