परिसंघको प्रतिनिधि मण्डल भारत प्रस्थान

नेपाल उद्योग परिसंघ (CNI) को एक प्रतिनिधि मण्डलले भारतको ५ दिने व्यवसायिक भ्रमणका लागि मंगलवार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । काडमाडौं स्थित भारतीय राजदुतावास र भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) को नेपाल कार्यालयको आयोजनामा उक्त भ्रमण आयोजना गरिएको हो । नेपाल र भारत बिच रहेको आर्थिक तथा व्यवसायिक संवन्धलाई थप प्रगाढ बनाउँदै उद्योग व्यवसायका नयाँ क्षेत्रहरु पहिचान गर्ने र ती क्षेत्रहरुमा लगानी प्रवर्धन गर्ने हेतुले उक्त भ्रमण आयोजना गरिएको फिक्कीको नेपाल कार्यालय प्रमुख कनिस्क दासगुप्ताले जानकारी दिए ।

Media Response

उक्त प्रतिनिधि मण्डलले भारतको राजधानी दिल्लीका अतिरिक्त जयपुर लगायतका औद्योगिक क्षेत्रहरुको भ्रमण र अवलोकन गर्ने कार्यक्रम छ । सो अवसरमा भारतका प्रतिष्ठित उद्योगी व्यवसायीहरु र नेपाली व्यवसायीहरुको अन्तरक्रिया तथा व्यवसायिक सम्भावनाका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम तय भएको छ । साथै शुक्रवार दुई देशका उद्योगी व्यवसायीहरुलाई नेपालका लागि पुर्व भारतीय राजदुत शिवसंकर मुखर्जीले संवोधन गर्ने कार्यक्रम छ ।

परिसंघको राष्ट्रिय परिषद सदस्य श्री मनोज केडियाको नेतृत्वमा गएको परिसंघको सो पतिनिधि मण्डलमा परिसंघका झापा च्याप्टर, कोशी च्याप्टर र सुनसरी च्याप्टरका साथै जिल्ला उद्योग संघहरु हेटौंडा उद्योग संघ, चितवन उद्योग संघ र रुपन्देही उद्योग संघका पदाधिकारीहरु पनि सहभागी छन् । भारत अहिले बिश्वकै ठुलौ बैदेशीक लगानीको स्रोत बन्ने दौडमा छ, प्रतिनिधि मण्डलका संयोजक मनोज केडियाले भने,त्यसैले नेपालमा तुलनात्मक लाभ भएका प्रमुख क्षेत्रहरुमा भारतीय लगानी प्रवर्धन गर्न यो भ्रमण लाभदायी हुने अपेक्षा गरिएको छ । सरकारले लगानी वर्ष घोषणा गरे पनि यसको प्रवर्धन गर्ने दायित्व नीजि क्षेत्रको पनि भएकाले परिसंघले आफ्नो भारतीय साझेदार फिक्की मार्फत व्यवसायिक प्रतिनिधि मण्डलबा लागि पहल गरेको केडियाको भनाई छ ।यस्तै प्रयोजनका लागि परिसंघमा फिक्कीको नेपाल कार्यालय स्थापना भएको हो,केडियाले भने ।