परिसंघको दशौं साधारण सभा सम्पन्न: नरेन्द्र कुमार बस्न्यात अध्यक्ष

नेपाल उद्योग परिसंघको १० औं वार्षिक साधारण सभा पुष ८ गते अध्यक्ष श्री बिनोद कुमार चौधरीको अध्यक्षतामा काठमाडौंमा संपन्न भयो । नोवेल शान्ती पुरस्कार विजेता प्राध्यापक मोहमद युनुसको बिशेष आतिथ्यमा पुष ७ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको उक्त साधारण सभा आज पुष ८ गते परिसंघको नयाँ राष्ट्रिय परिषदको निवार्चन गर्दै सम्पन्न भएको हो । परिसंघको विधान अनुसार यस अघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका बैंक अफ काठमाडौंका अध्यक्ष श्री नरेन्द्र कुमार बस्न्यात आगामी कार्यकालका लागि अध्यक्षमा चयन हुनु भएको छ । परिसंघको विधान अनुसार वर्तमान अध्यक्ष श्री बिनोद कुमार चौधरी परिसंघको अध्यक्ष एमिरिट्स (President Emeritus) रहनु हुनेछ ।

नेपाल सरकारको प्रथम श्रेणीको अधिकृतबाट अवकास प्राप्त बस्न्यात हिमालयन डिष्टिलरी लिमिटेडमा प्रवर्धक तथा नेपाल अमेरिका च्याम्वर अफ कमर्समा अध्यक्ष समेत हुनु हुन्छ । सन् १९४२ सेप्टेम्वर १५ (भदौ ३० १९९९) मा जन्मनु भएका बस्न्यातले वाणिज्य शास्त्रमा स्नातक र अर्थशास्त्रमा स्नाकोत्तर उपाधि हासिल गर्नु भएको छ भने नेपालको अर्थतन्त्र, उद्योग वाणिज्य र बैदेशिक व्यापारको क्षेत्रमा उहाँको दखल छ ।

उक्त दशौं वार्षिक साधारण सभाले परिसंघको राष्ट्रिय परिषदका २७ सदस्य पनि सर्वसम्मत चयन गरेको छ । भने परिसंघको कोशी च्याप्टरका अध्यक्ष श्री बासुदेब गोल्याल विधान अनुसार परिसंघको च्याप्टर र सञ्जाल संयोजकको रुपमा पदेन उपाध्यक्ष चयन हुनु भएको छ । परिसंघको विधान अनुसार थप ४ जना उपाध्यक्षहरुको चयन गर्न भोली १२ बजेसम्म मनोनयन दर्ता गर्ने समय रहेको छ । बाँकी उपाध्यक्षहरुको चयन भएपछि उनीहरुबाट परिसंघको विधान बमोजिम बरिष्ठ उपाध्यक्ष चयन हुनेछ ।

चयग गरिएको राष्ट्रिय परिषदका २७ सदस्यहरूको नामावलि:

क्र.स.

नाम

क्र.स.

नाम

1 श्री अनुज कुमार अग्रवाल 2 श्री एजाज आलम
3 श्री वालकृष्ण श्रेष्ठ 4 श्रीमति वर्षा श्रेष्ठ
5

श्री वसन्त राज मिश्र

6 श्री विरेन्द्र कुमार संघाई
7 श्री गुणचन्द्र विष्ट 8 श्री गुरु प्रसाद न्यौपाने
9 श्री हरिभक्त शर्मा 10 श्री कमल जैन
11 श्री कमल कुमार वेगानी 12 श्री माधव अधिकारी
13 श्री मनोज केडीया 14 श्री नरेश दाश
15 श्री राजकुमार अग्रवाल 16 श्री राजेन्द्र अर्याल
17 श्री राजेश कुमार अग्रवाल 18 श्री रमेश गुप्ता
19 श्री सशिकान्त अग्रवाल 20 श्री सतिश कुमार मोर
21 श्री शिव रतन शारदा 22 श्री शुबोध तोडी
23 श्री शुलभ अग्रवाल 24 श्री उपेन्द्र पौडेल
25 श्री विकास दुगड 26 श्री विष्णु कुमार अग्रवाल
27 श्री योगेश्वर लाल श्रेष्ठ