जलविद्युत परियोजनामा आक्रमण दुखःद घटना !!!

बुटवल पावर कम्पनीले निर्माण तथा सञ्चालन गरेको झिम्रुक जलविद्युत परियोजनामा सोमवार लोडसेडिङको विरोधमा उत्रेका प्यूठान र रोल्पाका सर्वसाधारणबाट भएको तोडफोड र आगजनी प्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । ऊर्जाको कुल राष्ट्रिय मागको तुलनामा आपूर्ति अत्यन्तै न्यून भएको कारण लोडसेडिङ भएको सबैमा अबगत नै छ । यो वस्तुस्थितिमा पनि विद्युत उत्पादन तथा प्रसारणमार्फत केही मात्रामा भए पनि लोडसेडिङ कम गर्न सहयोग पुयाउदै आएको जलविद्युत परियोजनाको भौतिक सम्पत्ति, कार्यालय, कर्मचारीको आवास तथा बन्दोबस्तीका सामानका साथै सुरक्षाकर्मीका सवारी साधन माथि समेत भएको आक्रमणले मुलुकको समग्र अर्थतन्त्र तथा उद्योग व्यवसायलाई थप बर्वादी तर्फ लग्ने स्पष्ट छ ।

Media Response

दैनिक लामो समय लोडसेडिङ खेप्नु नेपालीको नियती नै भएको अवस्थामा कुन स्थानमा कती समय लोडसेडिङ गर्ने र कहाँ नगर्ने भन्ने जिम्मा राज्यको पूर्ण स्वामित्व भएको नेपाल विद्युत प्राधिकरणको निर्णयमा भर पर्ने स्पष्ट हुँदाहुँदै मुलुकको लगानी, आर्थिक एवं व्यवसायिक वातावरण खल्बलाउने गरी गरिएको यस्तो क्रियाकलाप जुनसुकै ब्यक्ति वा समूहबाट भएको भए पनि दुखःद घटना हो । तसर्थ, भविष्यमा यस्ता अपराधिक ब्यक्ति वा प्रबृत्तिको मनोबल बढ्न नपाओस र अहिलेसम्म निर्माणाधिन परियोजनाहरुमा मात्र सिमित स्थानीय अवरोध सञ्चालनमा आएका परियोजनाहरुमा नफैलियोस भन्ने हेतुले सहज र सूरक्षित रुपमा जलविद्युत आयोजना चल्नका लागि सूरक्षाको प्रत्याभुति गर्न र आक्रमणका कारण क्षती भएका भौतिक सम्पत्ति, कार्यालय, सवारी साधन तथा कर्मचारीका सामानहरुको उचित क्षतीपूर्तिको व्इवस्था गर्नुका साथै आक्रमणमा संलग्न माथि कानुनबमोजिम कारवाही चलाउन परिसंघ सरकार तथा संवन्धित निकायहरु सँग जोडदार माग गर्दछ ।