मन्त्रीपरिषद अध्यक्ष र परिसंघबिच भेटवार्ता

CNIPresidentMr.BasnyatwithHon'bleChairman,CouncilofMinister's CNIDelegationTeamwithHon'bleChairman,CouncilofMinisters

बुधवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डल र नवनियुक्त मन्त्रीपरिषदका अध्यक्ष श्री खिलराज रेग्मीसँग मुलुकका समसामयिक आर्थिक, औद्योगिक तथा व्यवसायिक विषयमा भेटवार्ता भयो । प्रधान मन्त्री तथा मन्त्रीपरिषदको सचिवालयमा भएको उक्त भेटवार्तामा अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद कुमार चौधरी, उपाध्यक्षद्धय हरीभक्त शर्मा, अनुज अग्रवाल, सतिस मोर र मनोज केडिया, गभर्निङ काउन्सिलका सदस्य टेकचन्द्र पोखरेल तथा गभर्निङ काउन्सित र राष्ट्रिय परिषदका सदस्यहरुको उपश्स्थिति थियो ।

छलफलमा परिसंघ अध्यक्ष बस्न्यातले मुलुकको आर्थिक विकासका लागि उद्योग व्यवसाय र लगानीको वातावरण सुधारका लागि पहल गर्न आग्रह गर्नुभयो । मुलुकमा संक्रमणकाल लम्बिदै जाँदा व्यवसायि, औद्योगिक र आर्थिक वातावरण थप प्रतिकुल हुने भएकाले यस विषयमा गम्भिर भएर सोच्नु पर्ने बेला आएको अध्यक्ष बस्न्यातको भनाई थियो ।

यस्तो गहन परिस्थितिमा स्वतन्त्र र निश्पक्ष ब्यक्तिहरुको सरकारले निर्वाचन गराएर मुलुकलाई आर्थिक संबृद्धिको बाटोमा अगाडि बढाउने जिम्मेवारी संहाल्नु अत्यन्तै महत्वपूर्ण अवसर भएको परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीको भनाई थियो । यस अवस्थाबाट मुलुकले पार पाउन सकेमा आम नेपाली जनताका साथै उद्योगी व्यवसायीहरुले सम्माननीय अध्यक्षज्यूको योगदानको सदैब प्रसंशा गर्नेछन्,चौधरीले भन्नुभयो,यस्तो महत्वपूर्ण र ऐतिहाासिक परिस्थितिमा सम्माननीय अध्यक्षज्यूबाट अहिलेसम्म विभिन्न कारणले थाती रहेको आर्थिक विकाससँग सम्वन्धित ऐन नियम निर्माण र मुद्दाहरुलाई संबोधन गरी पार लगाउने काम होस भन्ने नेपालको निजी क्षेत्रको प्रतिनिधी संस्था नेपाल उद्योग परिसंघको आग्रह छ ।

परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले अहिलेको सरकारको प्रमुख जिम्मेवारी निश्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु भए पनि मुलुकको आर्थिक विकास, नीजि क्षेत्र, औद्योगिक प्रवर्धन तथा लगानी विस्तारका मुद्दाहरुलाई राज्यले बेवास्ता गर्न नमिल्ने धारणा राख्नुभयो । यी विषयहरुमा सरकारसँग मिलेर काम गर्न परिसंघ सदैब तयार छ,’ शर्माले भन्नुभयो ।

प्रतिउत्तरमा मन्त्रीपरिषद अध्यक्ष रेग्मीले सरकारले प्राथमिकताका आधारमा नीजि क्षेत्र र आर्थिक विकासका विषयहरुलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो । तत्कालै समस्या परिरहेका गम्भिर खालका विषयहरु छन् भने आपसी समझदारीमा समाधानको प्रयास गर्न सरकार र म स्यव पनि सहयोगका लागि सदैब तयार छु, अध्यक्ष रेग्मीले भन्नुभयो ।

अध्यक्ष रेग्मी भन्नुहुन्छ :

  • आर्थिक विकासका लागि उद्योग आधारभुत पक्ष
  • श्रमसंगठनहरु पनि औद्योगिक वातावरण सुधारमा जुट्नु पर्छ
  • प्राथमिकताका आधारमा आर्थिक तथा औद्योगिक विषयहरु पनि राज्य सञ्चालन संयन्त्रमा समावेश गर्दै लगिने
  • औद्योगिक विकासका लागि आवश्यक कानुन निर्माण र भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनमा जोड
  • निर्वाचन गराएर राजनीतिक गतिरोध अन्त्य गर्ने र अर्थतन्त्रलाई गतिशित गराउने उद्देश्य सहित राष्ट्र हितमा समर्पित भएर मन्त्री परिषद अध्यक्ष बनेको
  • निजी क्षेत्रसँग मिलेर काम गर्न तयार