महावाणिज्य दुत र परिसंघ पदाधिकारी भेटवार्ता

ConsulateGeneralofHKwithCNIOfficials Mr.MaheshDahal,ConsulateGeneralofHongKongwithCNIResident

मंगलवार हङकङका लागि नवनियुक्त महावाणिज्य दुत महेश दाहाल र नेपाल उद्योग परिसंघ (CNI) का पदाधिकारी बिच नेपाल र हङकङको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो । परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा परिसंघको सचिवालय थापाथलीमा भएको सो छलफलमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल र मनोज केडियाका साथै राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।

छलफलमा परिसंघ अध्यक्ष बस्न्यातले दाहालको कार्यकालमा नेपाल र हङकङको आर्थिक र व्यवसायिक संबन्ध अझै गहन बनोस भन्ने कामना गर्नुभयो । महावाणिज्य दुतको प्रमुख काम आर्थिक तथा व्यापारिक संबन्ध विस्तार गर्दै निर्यात तथा लगानी प्रवर्दन गर्ने र दुबै देशका नागरिकहरुको आवत जावत सहज बनाउने हो, बस्न्यातले भन्नुभयो, तर अहिलेसम्मको तथ्यांक हेर्दा नेपालमा हङकङको लगानी लगानी त्यती आयन सकेको छैन भने नेपाली व्यवसायीहरुले हङकङ आवत जावत गर्ने क्रममा विभिन्न खाले समस्याहरु भोग्नु परेको छ । त्यसैले अहिले रहेका यावत समस्याहरुको समाधान गर्दै नेपालमा लगानीको सम्भावना भएका जलबिद्युत र पर्यटनलगायतका क्षेत्रमा हङकङका लगानीकर्ताहरुलाई आमन्त्रण गर्न नवनियुक्त महावाणिज्यदुतलाई बस्न्यातले आग्रह गर्नुभयो ।

प्रतिउत्तरमा नवनियुक्त महावाणिज्यदुत दाहालले आर्थिक तथा व्यवसायिक संवन्ध विस्तार नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।त्यही अनुरुप निजी क्षेत्रका अप्ठ्यारा तथा समस्याहरुका साथै प्राथमिकताको विषयमा जानकारी लिने उद्देश्यले कार्यक्षेत्रमा जानु अघि सबैसँग अन्तरकृया गरेको हुँ, दाहालले भन्नुभयो, त्यसका अलवा अर्थिक बृद्धिलाई गति दिन आवश्यक लगानी आकर्षित गर्न लागि पर्ने छु । यस विषयमा नीजि क्षेत्रको साथ अपरिहार्य भएकाले नेपाली औद्योगिक तथा व्यसायिक क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग परिसंघबाट सहयोगको अपेक्षा गरेको दाहालको भनाई थियो ।