परिसंघबाट दृष्टिविहिनलाई छडी वितरण गरि नयाँ वर्षको सुरुवात

CNI-CRFwithVisibilityDisabled CNI-CRFwithVisibilityDisabled

नेपाल उद्योग परिसंघ र सामाजिक अभियान मह सञ्चार को संयुक्त पहलमा स्थापित नागरिक राहत कोषले आइतवार नयाँवर्ष २०७० को उपलक्ष्यमा दृष्टि विहिनहरुलाई ५० थान सेतो छडी वितरण गयो । उक्त सहयोग परिसंघ अध्यक्ष नरेन्द्र कुमार बस्न्यात तथा बरिष्ट कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा दृष्टि विहिनहरुको संस्था मैत्री संघ नेपालका अध्यक्ष प्रविन्द्र ढकालमार्फत हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष बस्न्यातले नयाँ वर्षको अवसरमा सानै भए पनि दृष्टि विहिनहरुलाई सहयोग गरेर पवित्र कार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । यस्तो कार्यमा सहयोग गर्नु भएकोमा मह सञ्चारका संस्थापक द्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथै परिसंघका सदस्यहरुलाई धन्यावाद ज्ञापन गर्न चाहन्छु बस्न्यातले भन्नुभयो । बरिष्ठ कलाकार तथा मह सञ्चारका संस्थापक मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले दृष्टिविहिनहरुको बाहिरी आँखा नभए पनि भित्रि आँखा अत्यन्तै शक्तिसाली हुने बताउनु भयो । उहाँहरुलाई सेतो छडी भनेको अन्य मानिसहरुलाई अध्यारोको लागि लालटिन जस्तै हो,मदनकृष्ण श्रेष्ठले भन्नुयो ।

नागरिक राहत कोषको सानो सहयोगले दृष्टि विहिन भाइबहिनीहरुलाई दैनिक जिवन सञ्चालन देखी लिएर अन्य कार्यहरु गर्न समेत सहयोग पुग्ने हाम्रो अपेक्षा छ, हरिबंश आचार्यको भनाई थियो । मैत्री समाजका अध्यक्ष प्रविन्द्र ढकालले नागरिक राहत कोषबाट पाएको सहयोग अझै पनि सेतो छडीको सुविधाबाट बञ्चित मध्यपश्चिमका दृष्टि विहिन साथीहरुसम्म पुयाउने र त्यसको प्रगती विवरण समेत बुझाउने जानकारी गराउनुभयो । यी मध्ये १० ओटा यहीका साथीहरुलाई वितरण गरिएको छ भने बाँकी मध्य पश्चिममा गएर त्यहाँका साथीहरुलाई वितरण गर्ने कार्यक्रम छ, ढकालले भन्नुभयो ।

उक्त सहयोगका लागि शंकरलाल केडिया फाउण्डेसनबाट रु ५० हजार उपलब्ध गराइएको थियो भने बाँकी रकम नागरिक राहत कोषबाट परिचालन गर्ने तय भएको छ ।