गृह एव परराष्ट्र मन्त्री र परिसंघ पदाधिकारी बिच भेटवार्ता - शान्ती सूरक्षा र आर्थिक कुटनीतिमा ज

CNIPresidentwithHon'bleHomeAffairandExternalAffairMinister CNIPresidentandVPwithHon'bleHomeAffairandExternalAffairMinister

मंगलवार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलल र नवनियुक्त गृह तथा परराष्ट्रमन्त्री श्री माधव प्रसाद घिमिरेको भेटवार्ता भयो । उक्त भेटवार्तामा मुलुकका समसामयिक आर्थिक, औद्योगिक वातावरण तथा बैदेसिक लगानी निर्यात प्रवर्धन र आर्थिक कुटनीतिका विषयमा छलफल भयो ।

गृह मन्त्रालयमा भएको उक्त भेटवार्तामा परिसंघ अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा परिसंघका उपाध्यक्षहरु हरिभक्त शर्मा, सतिस मोर र मनोज केडिया, गभर्निङ काउन्सिलका संयोजक चिरञ्जिलाल अग्रवाल तथा गभर्निङ काउन्सित र राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो । छलफलमा परिसंघ अध्यक्ष बस्न्यातले मुलुकको आर्थिक विकासका लागि आन्तरिक उद्योग व्यवसाय र लगानीको वातावरण सुधारका लागि शान्ती सूरक्षा अपरिहार्य भएकाले त्यसको प्रत्याभु गर्न सरकारको तर्फबाट विशेष पहल गर्नु आग्रह गर्नुभयो । त्यसैगरी मुलुकमा बिदेशी लगानी आकर्षित गर्न र निर्यात प्रवद्र्धन गर्नका लागि आर्थिक कुटनीतिलाई सशक्त बनाउनु पर्नेमा अध्यक्ष बस्न्यातले जोड दिनुभयो ।

अहिलेको गहन परिस्थितिमा स्वतन्त्र र निश्पक्ष निर्वाचन गराएर मुलुकलाई आर्थिक संबृद्धिको बाटोमा अगाडि बढाउने जिम्मेवारी संहाल्नु अत्यन्तै महत्वपूर्ण अवसर हो, बस्न्यातले भन्नुभयो, साथै मुलुकको आर्थिक विकास, नीजि क्षेत्र, औद्योगिक प्रवर्धन तथा लगानी विस्तारका मुद्दाहरुलाई राज्यले बेवास्ता गर्न मिल्दैन । अहिलेको विश्वब्यपीकरणको जमानामा आर्थिक कुटनीति बलियो भएन भने देशमा प्रशस्त सम्भावनाहरु भए पनि त्यसको उचित उपयोग गरेर आर्थिक उन्नती हाँसिल गर्न नसकिने हुनाले आर्थिक कुटनीतिका विषयमा सरकारसँग मिलेर काम गर्न परिसंघ सदैब तयार रहेको बस्न्यातको भनाई थियो ।

प्रतिउत्तरमा मन्त्री घिमीरेले सरकारले खुला बजार अर्थनीति, नीजि क्षेत्रको अग्रणी भुमिका र आर्थिक विकासका विषयमा उदार रहेकाले औद्योगिक विकास, लगानी र आर्थिक उन्नतीमा बाधा पुयाउने सबै खालै तत्वहरुलाई प्रसय नदिने बताउनुभयो । आर्थिक गतिविधिमा अवरोध, बन्द हडताल, गुण्डागर्दी र चन्दा आतंकलगायतका विषयमा सरकारले शून्य अहनसिलताको नीति अवलम्वन गरेको छ र पछिल्ला दिनहरुमा यस्ता गतिविधिहरुमा कमी पनि आएको छ,मन्त्री घिमिरेले भन्नुभयो, यसलाई अझ प्रभावकारी बनाउन उद्योगि तथा व्यवसायीहरुले पनि समयमा नै सही सूचना उपलब्ध गराएर सरकारलाई सहयोग गर्नु पर्छ ।

मन्त्री घिमिरे थप भन्नुहुन्छ :

  • लामो राजनीतिक संक्रमण र आर्थिक मुद्दाहरु प्राथमिकतामा नपर्दा विकासको गती सुस्त बनेको हो
  • लामो समयदेखी मुलुक दिर्घकालिन योजना र रणनीति विना आन्तरिम योजना र छोटा कार्ययोजनाका भरमा चल्यो
  • बिद्यमान ऐन कानुनले कर्मचारीतन्त्रलाई अत्यधिक तजविजि अधिकार दिएको छ तर, कार्यान्वयनको स्पष्ठ मार्गदर्शन छैन
  • आर्थिक तथा औद्योगिक विषयहरुलाई प्राथमिकताका आधारमा राज्य सञ्चालन संयन्त्रमा समावेश गरिनु पर्छ भन्ने सोच (Sense of Urgency) मेरो छ र यसलाई हरेक तहमा पु¥याउन लागि परेको छु
  • आर्थिक कुटनीति नारामा मात्रै सिमित भएकाले यस संवन्धि स्पष्ठ नीति र योजना बनाएर नीजि क्षेत्रको समेत सहकार्यमा प्रभावकारी कार्यान्वयनमा जोड
  • परम्परागत कुटनीतिलाई विस्तारै आर्थिक कुटनीतिमा ढाल्नु पर्ने
  • आवश्यकता अनुसार औद्योगिक सूरक्षा बलको आकार तथा दक्षता अभिबृद्धि गर्दै लैजाने