परिसंघद्धारा निर्यात क्षमता अभिबृद्धि तालिम

CapacityBuildingTraining CapacityBuildingTraining

नेपाल उद्योग परिसंघले सरकारको नेपाल एकिकृत व्यापार रणनीति (NTIS) समाबेश १० ओटा वस्तुलाई युरोपीयन बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले युरोपीयन युनीयनको सहयोगमा सञ्चालन गरेको ‘गो इण्टरनेशनल’ परियोजनाले मंगलवारबाट सरोबारवालाहरुका लागि निर्यात क्षमता अभिबृद्धि तालिम शुरु गरेको छ ।

तालिम परिसंघ सचिवालय थापाथलीमा आयोजित एक कार्यक्रममा परिसंघ अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले उद्घाटन गर्नु भएको हो । सो कार्यक्रमा परिसंघका उपाध्यक्षहरु हरिभक्त शर्मा, सतिश मोर, अनुज अग्रवाल र मनोज केडियाका साथै साथै अन्य सदस्यहरुको पनि उपस्थिति थियो ।

तालिममा परिसंघका विभिन्न च्याप्टर, उद्योग संगठन, ‘गो इण्टरनेशनल’ परियोजनाका सर्भिस डेभलपमेण्ट सेण्टरका साथै परियोजनाका सहायक संस्था वल्ड भिजन एडभोकेसी फोरमसँग आवद्ध कर्मचारी र निर्यात व्यवसायमा आवद्ध विभिन्न व्यवसायीक संस्थाका प्रतिनीधिहरुको समेत सहभागी छन् । उक्त तालिमका लागि परियोजनाको यूरोपीयन साझेदार सेन्ट्रिक अष्ट्रिया इण्टरनेशनल (CAI) को तर्फबाट जोहनस वाइजम्यान प्रशिक्षकका रुपमा आएका छन् । सो तालिम चार दिनसम्म चल्ने छ ।

अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनहरुको पकड कमजोर बन्दै गएको समयमा नेपाली निर्यातकर्ता तथा सेवा प्रदायक सहयोगी संस्थाहरुका लागि तालिम उपलब्धिमुलक हुने परिसंघ अध्यक्ष बस्न्यातले बताउनु भयो । उपाध्यक्ष हरीभक्त शर्माले तालिमबाट सिकेका विषयहरु व्यवहारमा उतारेर नेपालको निर्यात प्रवद्र्धनमा सहयोग पु¥याउन सहभागीहरुलाई आग्रह गर्नुभयो ।