चेक राजदुतसँग परिसंघ पदाधिकारीको भेटवार्ता

निजी क्षेत्र पहिलो प्राथमिकतामाः राजदुत

H.E.AmbassadorofCzechRepublicatCNI H.E.AmbassadorMr.MiloslavStasekwithCNIPresidentMr.NarendraKBasnyat

नेपालका लागि गणतन्त्र चेकका राजदुत मिलोस्लाव स्टासेक (Mr. Miloslav Stasek) र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरु बिच सोमवार भेटवार्ता भयो । नेपाल उद्योग परिसंघको सचिवालय थापाथलीमा भएको सो भेटमा नेपाल र गणतन्त्र चेकबिच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका साथै प्रविधि हस्ताण्तरणका विषयमा केन्द्रित थियो ।

उक्त भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले बिश्वको नवउदीयमान अर्थतन्त्र चेकसँग आर्थिक तथा व्यवसायिक संवन्ध विस्तार गर्न सके मात्र नेपालले आर्थिक विकासमा अपेक्षित सफलता हासिल गर्न सक्ने बताउनु भयो । ‘परिसंघले महासयको नेपाल भ्रमणको अवसरमा द्धिपक्षीय महत्वका आर्थिक, कुटनीति र व्यवसायिक संवन्ध विस्तारलाई थप प्रभावकारी बनाउन एउटा संयुक्त समिति गठन गरेर अगाडी बढ्न चाहेको जानकारी गराउँदछ,’ बस्न्यातले भन्नुभयो, ‘त्यसले चेक लगानीकर्ताहरुलाई जलविद्युत, बैकल्पिक ऊर्जा जस्ता क्षेत्रमा प्रवेश गर्न थप सहज बनाउने हाम्रो विश्वास छ ।’

सोही अवसरमा राजदुत स्टासेकले गणतन्त्र चेक नेपालसँगको आर्थिक तथा व्यवसायिक संबन्ध अझै गहन बनाउन इच्छुक रहेको बताउनु भयो । ‘त्यसका लागि हाम्रो पहिलो प्राथमिकता लगानीको सूरक्षा र दोहोरो कर नलाग्ने (Double Taxation Avoidance Agreement-DTAA) संवन्धि सम्झौतालाई पहिलो प्राथमिकतामा राखेका छौं,’ उहाँले भन्नु भयोे, ‘त्यसो भएमा चेक लगानीकर्ताहरु नेपालको जलविद्युत तथा बैकल्पिक ऊर्जा र सो संवन्धि प्रविधिमा लगानी गर्न तयार छन् ।’ यस विषयमा राजदुत स्टासेकले आज दिउसो नै अर्थमन्त्री शंकरप्रसाद कोइराला सँग पनि छलफल गरेको जानकारी गराउनु भयो ।

उक्त छलफलमा परिसंघका उपाध्यक्ष द्धय हरिभक्त शर्माल र सतिश मोरको पनि उपस्थिति थियो । उहाँहरुले परिसंघको व्यवसायिक प्रतिनिधिमण्डलले गणतन्त्र चेकको भ्रमण गर्ने जानकारी दिनुभयो । उक्त भ्रमण दुई देहबिचको सम्वन्त्र थप प्रगाढ बनाउन कोशे ढुङगा साबित हुने विश्वास ब्यक्त गर्नु भयो ।