मूख्यसचिव र परिसंघ पदाधिकारी बिच भेटवार्ताः

ChiefSecretary,GoNMr.LeemaManiatCNI ChiefSecretary,GoNandCNIVPs

बुधवार नेपाल उद्योग परिसंघको पदाधिकारी र नेपाल सरकारका मूख्य सचिव श्री लीलामणी पौड्याल तथा विभिन्न मन्त्रालयमा उच्चपदस्थ अधिकारीहरुसँग मुलुकका समसामयिक आर्थिक, औद्योगिक तथा व्यवसायिक विषयमा छलफल भयो । परिसंघको सचिवालय थापाथलीमा भएको उक्त छलफलमा अध्यक्ष नरेन्द्र कुमार बस्न्यात, उपाध्यक्षहरु हरीभक्त शर्मा, सतिस मोर र मनोज केडिया, गभर्निङ काउन्सिलका सदस्यहरु चिरञ्जिलाल अग्रवाल र टेकचन्द्र पोखरेलका साथै राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।

छलफलमा परिसंघ अध्यक्ष बस्न्यातले मुलुकको आर्थिक विकासका लागि उद्योग व्यवसाय र लगानीको वातावरण सुधारका लागि पहल गर्न स्थायी सरकार मानिने कर्मचारीतन्त्रका प्रमुख सँग आग्रह गर्नुभयो । ‘अहिले पनि उद्योग व्यवसाय सञ्चालनमा शान्ती सूरक्षा सबैभन्दा गहकिलो प्रश्नका रुपमा खडा भइरेको छ भने मुलुकमा विधिको शासन र आर्थिक सुशासन कायम हुन नसकेको परिसंघको बसझाई छ,’ बस्न्यातले भन्नुभयो, ‘त्यसैले हामीले पद्धती र प्रणालीका आधारमा काम गर्ने बानी बसाल्न सकेका छैनौं की भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो ।’ ‘यस विषयमा सरकार र कर्मचारीतन्त्रलाई दोष दिन खोजिएको होइन, बरु सरकारात्मक परिवर्तनका लागि सरकार सँग मिलेर काम गर्न परिसंघ सदैब तयार छ,’ बस्न्यातले भन्नुभयो ।

उक्त अवसरमा परिसंघका उदाध्यक्ष हरिभक्त शर्माले नेपालको औद्योगिक क्षेत्रको वर्तमान वस्तुस्थिति, लगानीको वातावरण तथा सम्भावना आदिलाई समेटेर “नेपालमा लगानी प्रवद्र्धनका सम्भावना र चुनौती” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ‘पछिल्लो समयमा मुलुकको आर्थिक विकास, नीजि क्षेत्र, औद्योगिक प्रवर्धन तथा लगानी विस्तारका मुद्दाहरु राज्यको प्राथमिकतामा नपर्दा अधिकांश आर्थिक परिसूचकहरु निराशाजनक बन्दै गएका छन्,’ शर्माले भन्नुभयो, ‘यदी यी सबै विषयहरुलाई सम्बोधन गरेर नेपाली प्रतिब्यक्ती आय ५ हजार डलर पु¥याउने लक्ष्य राख्ने हो भने त्यसका लागि कुल ७५ हजार अर्ब लगानी आवश्यक पर्छ ।’ त्यती ठुलो परिमाणको लगानी आकर्षित गर्न सरकारले बिशेष कार्याक्रम मार्फत नेपाललाई दक्षिण एसियामा नै सबैभन्दा कम संस्थागत कर र लगानी सूरक्षित रहेको सन्देश विश्वभरी फैलाउनु पर्ने शर्माको भनाई थियो ।

प्रतिउत्तरमा मूख्यसचिव पौड्यालले आँफु मुलुकको आर्थिक स्थिति, उद्योग–व्यवसाय, नीजि क्षेत्र र आर्थिक समस्याहरुका विषयमा पूर्णतया जानकार भए पनि यसरी बेला बेलामा हुने यस्ता छलफल र अन्तरकृयाले थप संवेदनशिल भएर सोच्न बाध्य बनाउने भएकाले छलफलमा सहभागी भएको बताउनुभयो । ‘तत्कालै समस्या परिरहेका गम्भिर खालका विषयहरुमा आपसी समझदारी र छलफलका आधारमा समाधानको प्रयास गर्न म सदैब तयार छु,’ पौड्यालले भन्नुभयो । संसारमा वार्ता र समझदारीको माध्यमबाट नसुल्जिने कुनै मुद्दा नै नभएकाले आफु सधै त्यसैको पछपाती भएको उहाँको भनाई थियो । ‘यदी कुनै विषय वार्ताबाट समाधान हुन सक्दैन भने त्यो वास्तवमा मुद्दा नै होइन,’ पौड्यालले भन्नुभयो । तर, कुनै पनि मुद्दाको सहि तरिकाबाट समाधान गर्नका लागि दुबै पक्षको भुमिका महत्वपूर्ण रहने भएकाले निजी क्षेत्रले पनि आँफुलाई परेका समस्याहरु निर्धक्क सँग कानुनी प्रकृयाबाट समाधानको प्रयास गर्नु पर्ने उहाँको तर्क थियो । ‘यद्यपी विकास निर्माण प्रकृया नै प्रभावित हुने गरी आँफुलाई टेण्डर नपरेकै भरमा अदालत र अख्तियार धाउने प्रबृत्तिलाई भने निरुत्साहित गर्नु पर्छ,’ पौड्यालले भन्नुभयो ।