विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदामा नेपाल उद्योग परिसंघबाट सार्वजनिक निजी सम्ब

विदेशी लगानी तथा प्रविधिहस्तान्तरण सम्बन्धमा तयार गरिएको ऐनको मस्यौदाका विषयमा नेपाल उद्योग परिसंघले निजी क्षेत्रका उद्योगीहरु, संबन्धित विषयका विज्ञहरु र सरकारका वरिष्ट पदाधिकारीहरु वीच नेपालका पाँचवटै विकास क्षेत्रमा सार्वजनिक निजी सम्वाद (PPD) सहितको वृहद छलफल कार्यक्रम सन्चालन प्रारम्भ गरेको छ ।

प्रस्तावित मस्यौदाका सम्बन्धमा सम्बन्धित लगानी कर्ताहरु एवं सरोकारबालाहरु संग राय सुझाव लिने उद्देश्यले आयोजित सो कार्यक्रम प्रथम चरणमा नेपालगंज, वुटवल र हेटौडामा सम्पन्न भएको छ भने दोश्रो चरणमा विराटनगरमा र तेश्रो चरणमा काठमाण्डौमा आयोजना गरिने छ ।

अमेरिकी सहयोग नियोग अन्र्तगतको निट USAID-NEAT कार्यक्रमको सहयोगमा तयार गरिएको उक्त ऐनको मस्यौदा सम्बन्धित व्यक्तिहरु र संस्थाहरुको राय सुझाव संकलनको क्रममा सार्वजनिक निजी सम्बादको छलफल कार्यक्रम आयोजना परिसंघले गर्ने निर्णय सरकारबाट भएको हो ।

सिएनआई नेपालगंज च्याप्टर, रुपन्देही उद्योग संघ, वुटवल र उद्योग संघ हेटौडा समेतको सहआयोजनामा क्रमशः नेपालगंज, वुटवल र हेटौडामा छुट्टा छुट्टै रुपमा आयोजित कार्यक्रममा परिसंघको तर्फबाट नेपालगंज र वुटवलमा उपाध्यक्ष हरिभक्त शर्मा र हेटौडामा उपाध्यक्ष सतिष कुमार मोरले प्रमुख अतिथिको रुपमा भाग लिनुभएको थियो । नेपालगंजको कार्यक्रममा त्यस क्षेत्रका वरिष्ट उद्योगीहरु ल्गायत कन्चनपुर र धनगडीका उद्योगीहरुको समेत सहभागित थियो । यस्तै वुटवलमा आयोजित कार्यक्रममा वुटवल, भैरहवा, कपिलवस्तुका वरिष्ट उद्योगीहरुको सहभागिता थियो भने हेटौडामा आयोजित कार्यक्रममा मकवालपुर लगायत, चीतवन, वारा र पर्साका उद्योगीहरुको र परिसंघ च्याप्टरका पदाधिकारीहरुको सहभागिता थियो ।

उपरोक्त कार्यक्रममा प्रस्तुत मस्यौदाको सम्बन्धमा मस्यौदाकार द्वय पूर्व सचिवहरु उदय नेपाली तथा निरन्जन बडालले विस्तृत जानकारी गराउनु भएको थियो भने उद्योग मन्त्रालयका उपसचिव द्वय विष्णु ढकालले औद्योगिक प्रवद्र्धनमा सरकारबाट गरिएको प्रयास र भएका गतिविधिहरु वारे जानकारी गराउनुभएको थियो ।

छलफल कार्यक्रममा मस्यौदामा प्रस्तावित गरिएका विषयहरु बाट स्वदेशी उद्योगको प्रवद्र्धन संगै विदेशी लगानीलाई समेत आकर्षित गर्ने र लगानी मैत्री वातावरण तयार गर्ने उद्देश्यले उक्त ऐन तर्जुमा हुनुपर्ने र त्यसका प्रावधानहरु प्नि सोही अनुरुप उल्लेख हुनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए ।