बाढी पिडित विद्यालयलाई परिसंघको सहयोगः

गत साता नेपालको सुदूर पश्चिममा आएको अबिरल वर्षाका कारण आएको बिनाशकारी बाढीका कारण उक्त क्षेत्रमा भएको जनधनको क्षतीले नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग परिसंघलाई स्तब्ध एवं मर्माहत तुल्याएको छ । सो प्राकृतिक विनाशले कञ्चनपुर जिल्लाको दोधारा गाबिस वडा नं ९ आम्मभोजमा अवस्थित श्री ओमकार निम्न माध्यामिक विद्यालयको भवनमा क्षती पु¥याउनुका साथै विभिन्न शैषिक सामग्रीहरु समेत बगाएकाले उक्त विद्यालयको भवन पुनःनिर्माण गर्न र नष्ट भएका शैक्षिक सामग्रीहरु खरिद गर्नका लागि परिसंघले परिसंघ र सामाजिक अभियान महसञ्चार द्धारा संयुक्त रुपमा सञ्चालित नागरिक राहत कोषबाट रु ३ लाख (अक्षेरपी तिन लाख मात्र) सहयोग प्रदान गरेको छ । आफ्नो सहयोगले सानै भए पनि भौतिक पूर्वाधार निर्माणमा सजिलो होस र बाढी पिडित बालबालिकाहरुलाई समेत सकेसम्म छिटो बिद्यालय फर्कने वातावरण बनोस भन्ने उद्देश्यले परिसंघले कञ्चनपुर–कैलाली च्याप्टर मार्फत रू. ३ लाखको चेक बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरणको व्यवस्था समेत गरिएको छ । यस बिपदको घडीमा सहयोगको क्रम जारी रहने भएकाले परिसंघ संबद्व उद्योगी व्यवसायी, संघ संस्था, शुभचिन्तक तथा अन्य दाताहरुलाई आफ्नो सामर्थ्य अनुसारको सहयोग प्रदान गरि दिनु हुन हार्दिक अनुरोध छ ।