सेजन सँग परिसंघको भेटघाट

InteractionwithSEJON InteractionwithSEJON

नेपाल उद्योग परिसंघ (CNI) ले शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग भेटघाट कार्यक्रम आयोजना गर्यो । सेजनका नवनिर्वाचित नेतृत्व तथा कार्यसमितिहरुलाई बधाई ज्ञापन गर्ने र समसामयिक आर्थिक तथा औद्योगिक विकासका विषयमा छलफल गर्ने उद्देश्यले आयोजित उक्त भेटघाट कार्यक्रममा परिसंघका पदाधिकारी र सदस्यहरुका साथै सेजनका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

भेटघाट कार्यक्रममा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले आर्थिक उदारिकरण, लगानी प्रवद्र्धन तथा आर्थिक संघीयताका विषयमा सेजन र परिसंघ हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । ‘अधिकांश आर्थिक मुद्दाहरुमा सेजन र परिसंघको धारणा समान रहँदै आएको छ,’ अध्यक्ष बस्न्यातले भन्नुभयो, ‘त्यसैले परिसंघले सेजन सँग मिलेर काम गर्ने विषयमा समझदारी भएको हो ।’ आगामी दिनमा समसामयिक विषयमा परिसंघ सँग मिलेर विभिन्न अन्तररकिृया कार्यक्रमहरु आयोजना गर्न सेजन नेतृत्वलाई परिसंघ अध्यक्षले आग्रह समेत गर्नु भयो ।

सेजनका अध्यक्ष विज्ञानविभु अधिकारीले आर्थिक उदारिकरण र निजी क्षेत्रको विकास आर्थिक पत्रकारिताको मर्म भएकाले यस बाट आफुहरु पछि हट्न नसक्ने बताउनु भयो । ‘निजी क्षेत्रको विकास भए मात्र आर्थिक पत्रकारिता चल्ने हो, त्यसैले आर्थिक पत्रकारहरुको कलम बढी निजी क्षेत्रको विकासका पक्षमा वकालत गर्नमा चल्ने गरेको छ,’ अधिकारीको भनाई थियो, ‘तर, निजी क्षेत्रबाट हुने अनियमितता र लापरवाहीका विषयमा आर्थिक पत्रकारहरु चुप लागेर बस्न भने सक्दैनन् ।’

प्रिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, मनोज केडिया र वसन्त मिश्रले अहिलेको पत्रकारिता पनि क्षेत्रकै एक पाटो भएकाले आपसी हित र राष्ट्रिय स्वार्थका विषयमा मिलेर काम गर्नुको विकल्प नभएको धारणा राख्नु भयो । तर, यसको अर्थ पत्रकारहरुले गलत काम गर्नेहरुलाई पनि प्रोत्साहन गर्नु पर्छ भन्ने नभएको उहाँहरुको भनाई थियो । त्यसैले आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्न परिसंघ सदैव तयार भएकाले सहि र सम्भाव्य कार्यक्रम लिएर आउन सेजनलाई आग्रह गर्नुभयो ।

सो अवसरमा सेजनका पूर्व अध्यक्ष गजेन्दै विष्ट, उपाध्यक्ष लोक बहादुर चापागाँई, महासचिव पुष्पराज आचार्य, कोषाध्यक्ष दिवाकर पन्तलगायतले अर्थतन्त्रको समुचित विकासका लागि निजी क्षेत्र र आर्थिक पत्रकारिताको भुमिका र यस अझ सशक्त बनाउनका लागि आगामी दिनमा दुबै संस्थाहरुले चाल्नु पर्ने कदमका विषयमा चर्चा गर्नु भएको थियो ।

Like us on Facebook