परिसंघ र प्राधिकरण पदाधिकारी बिच Dedicated Feeder का विषयमा छलफल

CNIandNEAofficials Participants

मंगलवार नेपाल उद्योग परिसंघले नेपाल विद्युत प्राधिकरणले छुट्टै (Dedicated Feeder) मार्फत २४ सै घण्टा बिद्युत उपभोग गर्न इच्छुक उद्योगहरुबाट हालै आवहान गरेको आशय पत्रका विषयमा प्राधिकरणका उच्चपदस्थ अधिकारीहरुसँग एक छलफल आयोजना ग¥यो । परिसंघको सचिवालय थापाथलीमा भएको उक्त छलफलमा परिसंघको तर्फबाट पदाधिकारीका साथै राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो भने प्राधिकरणका तर्फबाट आर्थिक योजना तथा विकास महाशाखाका उपकार्यकारी निर्देशक शेर सिंह भाट, निर्देशक (आर्थिक विष्लेषण) जयेन्द्र श्रेष्ठ र जयराज भण्डारीको उपस्थिति थियो ।

छलफलमा परिसंघ उपाध्यक्ष हरिभक्त शर्माले ऊर्जा अभावका मुलुकमा औद्योगिकरण सिथिल हुँदै गएको अवस्थामा प्राधिकरणबाट Dedicated Feeder मार्फत बिद्युत आपूर्तिको पहल गर्नु स्वागतयोग्य भए पनि यसलाई उद्योगहरुको लागत र प्रतिस्पर्धि क्षमतामा नकारात्मक प्रभाव नपार्ने गरि व्यवस्थापन गरिनु पर्ने बताउनु भयो । ‘अहिले ऊर्जा संकटका कारण उद्योग सञ्चालन गर्न कठिनाई भएको अवस्थामा उद्योगीहरुले उच्च मूल्य तिरेर भए पनि लिने मनसाय ब्यक्त गर्न सक्छन,’ शर्माले भन्नुभयो, ‘तर त्यसैले गर्दा पछि गएर उद्योग नै बन्द गर्नु पर्ने अवस्था नआओस भन्नेमा हामी सबै सचेत हुनु पर्छ ।’ यस विषयमा प्राधिकरण र उद्योग दुबै पक्षलाई लाभ हुने गरि अघि बढ्नु पर्ने हुनाले सरकारात्मक परिवर्तनका लागि प्राधिकरण सँग मिलेर काम गर्न परिसंघ सदैब तयार रहेको शर्माले बताउनु भयो । उक्त अवसरमा परिसंघका अन्य पदाधिकारी तथा सदस्यहरुले नेपालको औद्योगिक क्षेत्रको वर्तमान वस्तुस्थिति, लगानीको वातावरण तथा सम्भावना आदिलाई केन्द्र बिन्दुमा राखेर सहज र सुलभ रुपमा प्रस्तावित Dedicated Feederमार्फत बिद्युत आपूर्तिको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

प्राधिकरणका उपकार्यकारी निर्देशक शेर सिंह भाटले बिद्युत अभावकै कारण औद्योगिकरणमा प्रतिकुल प्रभाव पर्न नदिन र सम्भव भएसम्म ऊर्जाका अन्य बैकल्पिक स्रोतहरुको समेत उपयोग गर्दै बिद्युत संकट व्यवस्थापन गर्न प्राधिकरणले Dedicated Feeder को अवधारणा अघि सारेको बताउनु भयो । ‘यो अवधारणा अघि सार्नु भन्दा पहिला प्राधिकरणले गहन अध्ययन, विश्लेषण र व्यापक छलफल गरेको छ । यसमा उद्योगहरुको पनि रचनात्मक सहयोग आवश्यक रहेकाले परिसंघले यस विषयमा पहल गर्नु स्वागतयोग्य भएको भाटले बताउनु भयो । प्रस्तावित Dedicated Feeder मार्फत २४ सै घण्टा उपलब्ध गराउनका लागि प्राधिकरणले अहिले लगभग ६० मेगावाट विद्युत व्यवस्थापन गर्न सक्ने भएकाले त्यसको मूल्य बजारको माग र आपूर्तीका आधारमा तय हुने प्राधिकरण आर्थिक विश्लेषण शाखाका निर्देशक जयेन्द्र श्रेण्ठले बताउनु भयो । ‘तर त्यसरी तय हुने मूल्य अहिलेको मूल्यको दोब्बर भन्दा बढी हुने छैन र उद्योगी हरुले प्रस्ताव गरेको मूल्यहरुको औसतका आधारमा बजार मूल्य तय हुनेछ,’ श्रेष्ठले भन्नुभयो, ‘त्यसैले उद्योगहरुको तत्परता (माग) र उपलब्ध आपूर्तीले नै विद्युतको मूल्य तय हुने हो ।’ यो विषयमा टुङगो लगाउनु पर्ने प्राविधिक विषयहरु धेरै भए पनि २/३ महिनामा सबै काम सिध्याएर विद्युत वितरण शुरु गर्ने गरि तयारी गरेको श्रेष्ठको भनाई थियो ।