दोश्रो संम्बिधान सभाको निर्वाचन महत्वपूर्ण उपलब्धिः

विभिन्न आशंका, वन्द, एवं भयका बाबजुद सम्विधान सभाको दोश्रो निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । नेपाली जनताको अपेक्षा अनुसार  शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न निर्वाचनमा ठूलो संख्यामा मत खस्न गएवाट जनताले दिगोशान्ती, सम्विधान निर्माण,  आर्थिक संबृद्धि र सवल  लोकतन्त्रको बिकासको लागि आफ्नो अभिमत दिएको र नेपाल उद्योग परिसंघले यस उत्साहपूर्ण जनमतलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।

निजी क्षेत्रले वारम्वार उठाउदै आएको छ कि आर्थिक स्थायित्वनै देश विकासको प्रमुख आधार हो । आर्थिक संबृद्धि र औद्योगिक बिकासबाट मात्र जनताले अपेक्षा गरेको स्थायित्व र देश विकासको सपना पुरा हुने कुरामा नेपाल उद्योग परिसंघ विश्वस्त  छ । यसको पूर्व सर्त भनेको अविलम्ब संविधानको निर्माण, राजनीतिक स्थिरता र स्थायी सरकार हो । निर्वाचन सम्पन्न भई सकेको पृष्टभूमीमा अव राजनीतिले पुनः आफ्नो वाटो समातेको छ । यस परिप्रेक्ष्यमा नयां सरकारको गठन संगै संविधान निर्माणको एवं आर्थिक विकासका एजेण्डालाई राजनीतिक सहमती सहित अघि वढाइनु पर्दछ भन्ने हाम्रो मान्यता रहेकोछ ।

मुलुकको औद्योगिक अर्थतन्त्र जर्जर भै राजनीतिक प्रतिरोध साध्नका लागि गरिने थप बन्द, हडताल लगायतका कुनै पनि अनुत्पादक कार्यहरु सहन नसक्ने अवस्थामा पुगेको छ । यस पृष्टभूमीमा अव सवै राजनीतिक दलहरु आर्थिक विकासको ठोस एजेण्डा सहित आफ्नो घोषणा पत्र अनुसार आपसी सद्भाव र विश्वास कायम गरि देशमा रोजगारीका अवसरहरु सिर्जना गर्दै लगानी र औद्योगिक मैत्री वातावरण र स्थायी शान्ति स्थापना गर्ने कार्यमा भोलीको सरकार प्रतिवद्ध हुने छ र सिघ्र सम्विधान निर्माण गर्नेछ भन्ने अपेक्षा पनि नेपाल उद्योग परिसंघले गरेको छ ।