सम्पत्ति घोषणाको पक्षमा सरकार

CNIteamandFimMininPreBudgetDiscussion CNIteamandFimMininPreBudgetDiscussion

अर्थमन्त्रीसंग परिसंघको पूर्व वजेट सम्बन्धि छलफलः

सम्पत्ति घोषणाको पक्षमा सरकार,

—अर्थमन्त्री

अर्थमन्त्री डा. राम शरण महतले सम्पत्ति घोषणाको कार्यक्रम ल्याउने विषयमा सरकार सकारात्मक छ तापनि यसको स्पष्ट कार्यप्रणालीको तयारीको लागि निजी क्षेत्रबाट वस्तुपरक सुझावको अपेक्षा सरकारले गरेको कुरा व्यक्त गर्नु भएको छ ।

उक्त कुरा उहाँले नेपाल उद्योग परिसंघ संगको आ.व. २०७१/७२ को पूर्व वजेट छलफल कार्यक्रमको अवसरमा व्यक्त गर्नु भएको हो ।

उहाँले भन्नु भयो आगामी वजेट लगानी मैत्री हुने र परिसंघका सुझावहरुलाई वजेटमा विशेष ध्यान दिइने आश्वासन सहित परियोजना तथा लगानीका विषयमा चर्चा परिचर्चा प्रसस्त भएका छन् तापनि हामीसंग पूरा गृहकार्यका साथ तयार गरिएका तुरुन्त शुरु गर्न मिल्ने खालका परियोजनाको अभावका कारण पनि लगानीमा हामी पछि छौं । अर्थमन्त्रीले भन्नु भयो– वजेट पूर्ण रुपमा लागू हुन नसक्नुमा सरकार मात्र होइन निजी क्षेत्र पनि जिम्मेवार छ र यसको उदाहरण निमार्ण कम्पनीहरुलाई लिन सकिन्छ ।

यस अघि परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले आफ्नो मन्तब्यमा उद्योग व्यापार, व्यवसाय कमजोर हुँदा सरकार, उद्योगी व्यवसायी र आम नागरिकहरु सवैलाई अप्ठेरो पर्ने भएकोले आगामी वजेट एवं सरकारका नीति तथा कार्यक्रमबाट आर्थिक स्वतन्त्रता र लगानी सुरक्षाको सुनिश्चितता एवं प्राथमिकता पाउनु पर्ने कुरा व्यक्त गर्नु भएको थियो ।

उक्त अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले परिसंघको तर्फबाट तयार पारिएको विस्तृत सुझाव संवन्धमा संक्षिप्त प्रस्तुति गर्नु भएको थियो । यसरी प्रस्तुत सुझावमा विशेषतः (१) वजेटले अवलम्बन गर्नु पर्ने मुख्य लक्षहरु र (२) औद्योगिक प्रवद्र्धन सम्बन्धका विषयहरुमा विशेष जोड दिईएको थियो ।

उक्त अवसरमा अर्थ सचिव युवराज भुसालले परिसंघबाट प्रस्तुत भएका सुझावहरु मनन योग्य भएकोले यी विषयलाई आगामी वजेट तथा अन्य माध्यमबाट कार्यान्वयनमा ल्याउन सरकार सकारात्मक रहेको कुरा व्यक्त गर्नु भयो ।