गभर्नरसंग परिसंघको प्रतिनिधि मण्डलद्वारा भेटघाटः

altनेपाल राष्ट्र वैंकका नवनियुक्त गभर्नर डा. चिरन्जिवी नेपालले भनेका छन् राष्ट्र वैंकको गरिमा र महत्वलाई उच्च राख्दै निजी क्षेत्रको लगानी र लगानी कर्तालाई उद्योग व्यवसाय गर्न सहज र सरल किसिमको वातावरण श्रृजना एवं वित्तिय व्यवस्थापन गर्नु गराउनु, आफ्नो प्रमुख उद्देश्य हो ।

उक्त कुरा उनले नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डसंगको यही चैत्र १६ गते उनकै कार्यालयमा भएको भेटघाटको अवसरमा व्यक्त गरेका हुन ।

निजी क्षेत्र अझ सवल र सक्षम होस भन्ने उद्देश्यले नै सरकारी स्वामित्वका वैंकहरुमा समेत क्रमशः निजी करणमा लग्ने नीति अवलम्बन भई रहेको अवस्थामा निजी क्षेत्रका वैंकलाई समेत राष्ट्र वैंकले व्यवस्थापन गर्न पर्ने वातावरण श्रृजना भएमा निजी क्षेत्र कमजोर सावित हुने हुदा यस्तो अवस्था आउन नदिन निजी क्षेत्र चनाखो हुनु पर्नेमा जोड दिए ।

भेटवार्ताको अवसरमा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले उत्पादनशील क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सक्ने वातावरण सहित मौद्रिक र आर्थिक नीतिलाई प्राथमिकता दिई वित्तिय क्षेत्रलाई अझ नयाँ उचाईमा पुर्‍याउन राष्ट्र वैंकले प्रमुख भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।

सो अवसरमा अध्यक्ष बस्नेतले औद्योगिक विकास र विस्तारको लागि आर्थिक स्थायित्व प्रमुख विषय भएको र मुलुकमा लगानी र विकासका लागि निजी क्षेत्र नै अघि बढ्न पर्ने आवश्यकता भएकोले केन्द्रिय वैकले वित्तिय ऐन नीतिको तर्जुमामा निजी क्षेत्रलाई विश्वासमा लिएरनै गर्नु पर्दछ र यस कार्यमा राष्ट्र वैंकलाई परिसंघबाट यथासक्य सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेटवार्तामा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु अनुज कुमार अग्रवाल, सतिष कुमार मोर, मनोज कुमार केडिया, गभर्निङ्ग काउन्सीलका सदस्यहरु विजय शाह, योगेश्वरलाल श्रेष्ठ तथा राष्ट्रिय परिषदका सदस्य शिवरतन शारदा तथा महानिर्देशक मेघनाथ न्यौपाने लगायत सहभागि थिए ।