नेपाल उद्योग परिसंघ द्वारा राहत सामाग्री वितरण

यही २०७२ साल बैशाख १२ गतेको महाभूकम्पबाट हुन गएको क्षतिबाट पिडितहरुको सहयोगका लागि नेपाल उद्योग परिसंघले सञ्चालन गरेको नागरीक राहत कोष मार्फत सामाग्री संकलन एवं वितरण प्रारम्भ गरेको छ ।

राहत सामाग्री वितरण कार्यक्रमको पहिलो चरणमा परिसंघको तर्फबाट उपभोग्य वस्तुहरु सहितको २० मेट्रिक टन सामान सिन्धुपाल्चोकको चौतारमा आयोजित कार्यक्रमका बिच उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

यसरी प्रदान गरीएका वस्तुहरुमा तयारी चाउचाउ ४१७६० प्याकेट, मिनरल वाटर ३,००० बोतल, कम्बल ७५० थान, घाउ सफा गर्ने औषधि लगायतका थप खाद्य सामाग्रीहरु छन् । साथै परिसंघबाट पिडितहरुको सहयोगार्थ थप उपभोग्य सामाग्री र सहयोग परिचालन गरिने कार्यक्रम छ ।

महाभुकम्पका कारण आएको ठूलो प्राकृतिक प्रकोपबाट उत्पन्न यस दुःखद घडिमा पडितहरुको उद्धार तथा सहयोगार्थ आ–आफ्नो तर्फबाट यथासक्य सहयोग र समन्वय गर्नु सबैको कर्तब्य भएकाले यस कार्यमा सबैबाट सहयोग गरी पिडितहरुको दिनचर्यालाई सामान्यीकरण तर्फ लैजान पनि परिसंघ आग्रह गर्दछ ।