परिसंघको शोक प्रास्ताव

नेपाल उद्योग परिसंघको राष्ट्रिय परिषदको जेठ १५ गते बसेको बैठक परिसंघको  गभर्निङ्ग काउन्सीलका सदस्य  श्रीधर आचार्यको असामयिक निधन प्रति एक मिनेट मौनधारणा सहित निम्न अनुसारको शोक प्रस्ताव पारित गरेको छ ।
तपशिल
नेपाल उद्योग परिसंघका संस्थापक एवं गभर्निङ काउन्सिलका सदस्य, गोदावारी भिलेज रिसोर्ट प्रा.लि. एवं ग्रिनविच भिलेज रिसोर्टका व्यवस्थापक निर्देशक एंव वरिष्ठ उद्यमी श्रीधर आचार्यको यही २०७२ जेठ ८ गते ७४ वर्षको उमेरमा असामयिक स्वर्गारोहण भएकोमा नेपाल उद्योग परिसंघ परिवार अत्यन्त दुःखीत भएको छ ।
नेपालको पर्यटन उद्योग व्यवसायमा विशेष पहिचान कायम गर्नुभएका, दृढ निश्चयी, मिलनसार र नेपाल उद्योग परिसंघ एंव निजी क्षेत्रको विकासमा सधैनै साथ दिनुहुने आचार्यको दुःखद निधनले नेपालको पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चीरशान्तीको कामना सहित परिसंघको  राष्ट्रिय परिषदको  बैठकले यो शोक प्रस्ताव पारित गरेको छ ।