अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान

नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ ‌औं महासभामा भाग लिन आज, आइतबार जेनेभा गएका छन् ।
नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ । नेपाल उद्योग परिसंघलाई उपलब्ध गराइएको यस अवसरले एकातिर नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल उद्योग परिसंघ र मुलुकको निजी क्षेत्रबीचको सम्बन्ध थप सुमधुर रहेको देखाएको छ भने अर्कातिर निजी क्षेत्रको ६० प्रतिशत भन्दा बढी औपचारिक रोजगारी प्रदान गर्दै आएको क्षेत्रको परिसंघका उद्योग प्रतिष्ठानहरु एवं ट्रेड युनियनहरु बीचको औद्योगिक सम्बन्ध विश्वासमा थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।