प्रधानमन्त्रीको भारत भ्रमणसाथ परिसंघको प्रतिनिधि मण्डल

प्रधानमन्त्री श्री शेरबहादुर देउवाबाट भाद्र ७ गतेबाट प्रारम्भ भएको मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल समेत सम्मिलित भएको छ ।
स्मरणीय परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले नेतृत्व गर्नुभएको परिसंघको उक्त प्रतिनिधि मण्डलमा सम्मिलित परिसंघका अन्य पदाधिकारीहरुमा पूर्वाधार परिषद्का तथा युवा उद्यमी परिषदका संयोजक विरेन्द्रराज पाण्डे, बैँकिङ्ग समितिका संयोजक र सहसंयोजक क्रमशः अनलराज भट्टराई र आशा राणा अधिकारी, निकासी प्रवद्र्धन समितिका संयोजक नरेश दास, रोजगारदाता परिषद्का सहसंयोजक सुरेशलाल श्रेष्ठ र अमिर प्रताप   जवरा, युवा उद्यमी परिसंघका संयोजक रोहित गुप्ता, परिसंघ झापा च्याप्टरका संयोजक मिनप्रकाश मैनाली, सूर्य नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक अभिमन्यू कुमार पोद्दार र नेशनल इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेन हुनुहुन्छ ।
भारत भ्रमणको सिलसिलामा परिसंघको प्रतिनिधि मण्डल र भारतका राष्ट्रिय तहमा उद्योग वाणिज्य सन्धिहरु, भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) र एशोसियट् चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज (ASSOCHAM) का पदाधिकारीहरु बीच दुबै देशमा निजी क्षेत्रका संस्थाहरु बीचको आपसी सम्बन्ध र सहकार्य विस्तारका साथै नेपालमा भारतीय लगानी वृद्धिका विषयमा थप छलफल हुने कार्यक्रम छ ।
कार्यक्रम अनुसार आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतका प्रमुख उद्योग वाणिज्य संघहरु, ASSOCHAM, FICCI र CII बाट भाद्र ७ गते नयाँ दिल्लीको ताज होटलमा विशेष सवगत समारोहको आयोजना हुने छ । उक्त विशेष समारोहको प्रारम्भमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीबाट, जो एशोसिएट चेम्बरका नेपाल च्याप्टरका सभापति समेत हुनुहुन्छ, स्वागत सहित नेपाल भारत बीचको ऐतिहासिक, आर्थिक एवं व्यापारिक र पारस्परिक सम्बन्धको पृष्ठभूमिमा दुबै देशमा निजी क्षेत्र बीचको सहकार्यको आवश्यकता बारे नेपालको निजी क्षेत्रको धारणा प्रस्तुत गर्नु हुने छ । 
यसै गरी भाद्र ८ गते परिसंघको प्रतिनिधि मण्डले फिकी, एशोसिएट चेम्बर र पि एच डी चेम्बरका पदाधिकारीहरुसँग छुट्टा छुट्टै भेटवार्ता एवं (B2B) बैठक गर्नुहुने छ । यसै क्रममा पि एच डि चेम्बर सँगको कार्यक्रम परिसंघ र उक्त चेम्बरका बीच समझदारी पत्रमा (MoU) हस्ताक्षर हुने छ ।
उक्त संस्थाका प्रतिनिधिहरु बीचहुने छलफल एवं भेटवार्ता नेपाल भारत बीचको व्यापार, भन्सार विन्दुमा भएको समस्या, यातायात र पारवहन क्षेत्रमा भएको समस्या र भारतले हालै लागू गरेको जि एस टि (GST) बारेमा दुबै देशका निजी क्षेत्रका संस्थाहरु बीच सहकार्य गरी सुधार र समान वियायमा आपसी छलफल हुने गरी तय गरिएको यस भ्रमण एवं दुबै मुलुका निजी क्षेत्र बीच हुने छलफल र समझदारीले नेपालको लगानी र निकासी प्रवद्र्धन थप सहयोग पुग्न सहयोग पुग्ने विस्वास परिसंघले लिएको छ ।