उत्तरपूर्वि एसियाका उद्योग वाणिज्य संघहरुको सम्मेलन

परिसंघ र चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद वीच सम्झौता सम्पन्न
 
मित्र राष्ट्र चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद (China Council for the Promotion of International Trade CCPIT) ले चेन्दु प्रान्तको जिलिङमा आयोजना गरेको उत्तरपूर्वि एसियाका उद्योग वाणिज्य संघहरु (Chambers of Commerce) को सम्मेलन यही भाद्र १७ गते सम्पन्न भएको छ ।
दुई दिनसम्म सन्चालन भएको उक्त सम्मेलनमा चीन लगायत रुस, जापान, दक्षिण कोरीया, मलेसिया र नेपालका उद्योग वाणिज्य संघहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा विशेषतः चीन लगायत उक्त मुलुकहरुका निजी क्षेत्रका साथै चेम्वरहरु वीचको आपसी समझदारीका साथै आर्थिक र लगानी विस्तारका सम्भावनाका वारेमा वृहद छलफल भई आपसी सहकार्यलाई अघि बढाउने समझदारी भएको छ ।
उक्त सम्मेलनमा नेपालको निजी क्षेत्रको तर्फबाट परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले नेतृत्व गर्नु भएको थियो । परिसंघका राष्ट्रिय परिषदका सदस्य एवं युवा उद्यमी मन्चका संयोजक रोहीत गुप्ता समेत सम्मिलित रहनु भएको उक्त सम्मेलनलाई उपाध्यक्ष निर्वाण चौधरीले “नेपालमा लगानी विकासको सम्भावना र क्षेत्रीय सहयोग”को विषयमा आफ्नो धारणा सहित सम्बोधन गर्नु भएको थियो । उपाध्यक्ष चौधरीले आफ्नो सम्बोधनमा, नेपाल आर्थिक विकास, पूर्वाधार निर्माण र लगानीको लागि प्रचुर सम्भावना भएको मुलुक भएको तथा लगानीको लागि मैत्रिपूर्ण वातावरणनै नेपालको प्रमुख विशेषता भएकोले यसमा विशेषतः मित्रराष्ट्र चीनको भूमिका एवं सहयोग महत्वपूर्ण हुने विश्लेषण गर्नु भएको थियो ।
यसै विच भाद्र १७ गतेनै आयोजित एक विशेष समारोहमा नेपाल उद्योग परिसंघ तथा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद (CCPIT) का वीचमा समझदारी पत्र (MoU) मा हस्ताक्षर समेत सम्पन्न भएको छ । हस्ताक्षर समारोहमा उपाध्यक्ष चौधरीले परिसंघ र CCPIT वीच सम्पन्न सम्झौताले दुवै देशवीचको आर्थिक, औद्योगिक लगानी र व्यापार विस्तारका साथै दुवै संस्थाहरुवीचको सहकार्य बढाउनमा थप भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
 
alt
 
alt
 
alt
 
alt