चितवन एक्जिविसन सेन्टरमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४

नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले यही २३ देखि २७ चैत्र २०७४ सम्म चितवन औद्योगिक प्रदर्शनी केन्दमा आयोजना हुने राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७४ मा आफ्ना उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन गर्न र भरतपुर प्रदर्शनीमा क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र अन्तरक्रियाले फाइदा लिदै विक्री पछिको सेवाको ग्यारेण्टी वा सुविधाको बारेमा समेत छलफल गर्ने राम्रो अवसर हुने बताए ।
उक्त कुरा अध्यक्ष शर्माले आज नेपाल उद्योग परिसंघको संस्थागत सदस्य संस्था चितवन उद्योग संघले आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को सन्दर्भमा काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन । दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन नारा सहित सम्पन्न हुन लागेको सो प्रदर्शनी बारे प्रकास पार्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले औद्योगिक क्षेत्रको द्रुततर विकासबाट मात्र देश आर्थिक रुपमा समुन्नत हुने हुदा औद्योगिक प्रदर्शनी मार्फत स्थानिय उद्योग र उत्पादनको प्रवद्र्धन गर्दै भरतपुर क्षेत्रलाई औद्योगिक नगरीको रुपमा समेत विकास गर्ने लक्ष्य लिएर चितवन प्रदर्शनी केन्द्रको सुविधा सम्पन्न हलमा आयोजना हुने उक्त प्रदर्शनीमा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, हस्तकला, मुर्तिकला लगायत वस्तुहरुको प्रवद्र्धनका लागि उद्योग प्रवद्र्धन, सूचना तथा प्रविधि, महिला उद्यमी, कृषि तथा पशुजन्य उत्पादन, पर्यटन, रोजगार प्रवद्र्धन, वित्तिय संस्था प्रवद्र्धन परिसर सम्वन्धी २५० भन्दा बढि स्टलहरु रहने उक्त प्रदर्शनीमा लाखौ दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
देशको आर्थिक विकासमा औद्योगिकीकरणको महत्वपूर्ण भूमिका रहने कुरालाई आत्मसात् गर्दै स्वदेशी उद्योगहरुको प्रवद्र्धन मार्फत औद्योगिकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि हासील गर्ने उद्देश्य अनुरुप चितवन जिल्लाकै गहनाको रुपमा भरतपुर–१०, चितवनमा उद्योग मन्त्रालयको विशेष सहयोगमा नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको पहमा अन्तराष्ट्रिय स्तरकै अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माणको परियोजना शुरु गरी हाल यसको निर्माण कार्य तिव्र गतिमा अगाडी बढि रहेको र करीव ६० हजार वर्ग फिटमा यस वर्ष अन्तराष्ट्रिय स्तरको पोल्ट्री एक्स्पो र राष्ट्रिय सूचना प्रविधि (आइटि) प्रदर्शनी समेत निर्माणाधिन प्रदर्शनी केन्द्रमा सम्पन्न भइसकेको अध्यक्ष दुवाडीले बताए ।
चितवन उद्योग संघले औद्योगिक प्रदर्शनी मार्फत स्थानिय उद्योग र उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले २०६८ साल देखि हरेक २/२ वर्षमा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । हाल औद्योगिक प्रदर्शनी आयोजना गर्नुको मूल उद्देश्यहरूमाः कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधि लगायतका सेवा जन्य उद्योग एंव उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, राष्ट्रिय उत्पादनको अधिकतम उपयोग गर्न प्रोत्साहन गरी आयत प्रतिस्थापन गर्ने, आर्थिक विकासको लागि औद्योगिकरण भन्ने भावना अभिवृद्धि गर्ने, नया प्रविधिवारे जानकारी गराउदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र चितवनलाई औद्योगिक राजधानीको रुपमा पहिचान दिने रहेको छ ।
प्रर्दशनीका आकर्षणहरुमा औद्योगिक वस्तुको प्रत्यक्ष अवलोकन, उत्पादक र उपभोक्ता विच प्रत्यक्ष भेटघाट, औद्योगिक व्यवसाय परामर्श, उद्योग प्रवद्र्धन, व्यापार प्रवद्र्धन, महिला उद्यमी रोजगार प्रवद्र्धन कृषि तथा पशुजन्य उत्पादन र होटल तथा रेष्टुरेन्ट परिसरहरु रहेका छन् ।
प्रदर्शनीमा समावेश हुने मुख्य उत्पादनहरुमाः औद्योगिक मेशीनरी एवं यन्त्र उपकरण, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इक्प्युपमेन्ट्स, निर्माण सामाग्री  तथा प्लाष्टिक जन्य उत्पादनहरु, मौरी, माछा तथा पोल्ट्री जन्य उत्पादनहरु, वैकल्पीक उर्जा सम्वन्धी उत्पादन /वायो प्रोडक्ट, नँया तथा आधुनिक उत्पादन प्रविधि, काष्ठ एवं बेत बासका उत्पादनहरु, माटामा तथा धातुका सामानहरु खाद्य एवं पेय पदार्थ (Fast Food/ Drinks), फलाम, स्टील, आल्मुनिय फर्निचरहरु, हस्तकला, खेलौना, मनोरञ्जनका सामाग्रीहरु, कृषि तथा पशुजन्य औषधीहरु र कृषि जन्य विज/विजनहरु, जडीवुटी एवं उपकरण छन् ।
सो प्रेस भेटघाटका अवसरमा नेपाल उद्योग परिसंघका पदाधिकारी र चितवन उद्योग संघका पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो ।
alt
 
alt