फिनल्याण्डका राजदूतसंग परिसं‌घको भेट वार्ता

नेपाल फिनल्याण्ड सम्बन्ध दीगो विकास एजेण्डामा आधारित हुनु पर्ने
–राजदूत प्रेटी एन्टीनेन (Pertti Anttinen)
 
नेपालका लागि फिनल्याण्डका नवनियुक्त राजदूत पे्रटी एन्टीनेनले दुई मुलुक बीच विद्यमान आर्थिक सम्बन्ध आउँदा दिनहरुमा अझ मजबूत र दृढ हुने विचार व्यक्त गर्दै नेपालमा संविधान निर्माणपछि स्थिर सरकार भइ व्यवसायमैत्री वातावरणको सृजना भएको हुँदा द्विपक्षीय सम्बन्ध विस्तारमा फिनल्याण्ड सरकार आतुर रहेको बताए ।
उक्त कुरा नेपाल उद्योग परिसंघमा आयोजित स्वागत कार्यक्रममा राजदूत एन्टीनेनले बताउँदै फिनल्याण्ड सरकारले २१ सेप्टेम्बर १९७४ देखि नेपालसँग दौत्य सम्बन्ध स्थापित भएदेखि फिनल्याण्डले वन, जलस्रोत, सुशासन आदिमा सहयोग पुर्‍याउन सकेको स्मरण गर्दै २०१६ को फिनल्याण्डको विकास नीति पनि दीगो विकास एजेण्डामा आधारित रही विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र विकासित गरी, रोजगारीको अवसर सृजना गर्नमा हुने, महिलाको हक अधिकार प्रदान गर्न उचित वातावरण तयार गर्ने, सुशासन खाद्य संप्रभुतामा जोड दिनेमा आधारित रहेको हुँदा नेपालले पनि यी नीतिबाट फाइदा लिई द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध नयाँ दिशामा पुर्‍याउनु पर्नेमा जोड दिए ।
नवनियुक्त राजदूतलाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले मुलुक हाल समृद्धिको दिशा तर्फ अग्रसर भएको, ऐन कानुनहरुमा समय सापेक्ष परिवर्तनको संकेत देखिएको सन्दर्भमा मुलुकमा तीव्र औद्योगिकीकरण र व्यापारघाटा घटाउन समेत फिनल्याण्डले नेपालको वन विकास, जलस्रोत र नेपाली वस्तुहरुको आयात गरी नेपालको प्रगतीमा विकास साझेदारको रुपमा सहयोग गर्ने अपेक्षा रहेको बताउँदै उहाँको कार्यकालमा दुई मुलुक बीचका उद्यमी व्यवसायीले फिनल्याण्डको उच्च प्रविधि कम्पनीसँग सहकार्य गरी सोको फाइदा लिन र मुलुकमा वैदेशिक लगानी भित्र्याउन र पूर्वाधारमा लगानी गर्न लगानी सम्मेलन र पूर्वाधार सम्मेलनमा समेत फिनल्याण्डका उद्यमी व्यवसायीलाई आग्रह गर्दै, मेला प्रदर्शनी र उच्च स्तरीय व्यापारिक प्रतिनिधि मण्डलको आयोजना गर्नु पर्ने बताए । 
सो अवसरमा परिसंघका गभर्निङ्ग काउन्सिलका सदस्य, राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
alt
 
प्रे.वि.नं. ०२६/०७५