नेपाल उद्योग परिसंघको १६औं साधारण सभा संगै नयाँ नेतृत्वको चयन

नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभा यही चैत्र २५ गते विभिन्न निर्णयहरु सहित सम्पन्न भएको छ ।
“कानुनी सुधार : समृद्धिको आधार” विषय सहितको साधारण सभाको समुद्घाटन प्रधानमन्त्री के. पी. शर्मा वलिबाट सम्पन्न भएको थियो ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल उद्योग परिसंघले यस अवधिमा देखाएको सकृयताका साथै विशेषतः कानुनी सुधारका सम्बन्धमा परिसंघले औल्याएका विषयलाई सरकारले सकारात्मक रुपमा लिएको बताए । कानुनी सुधारका विषयमा थप दफावार सुझावहरु पेश गर्न समेत आग्रह गरेका थिए ।
सो अवसरमा आफ्नो मन्तव्य राख्दै अर्थमन्त्री डा. युवराज खतिवडाले परिसंघले सरकारसंग गरेको सहकार्यको सह्राहना गर्दै आउदो नेतृत्वले समेत सरकारलाई सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए ।
सभामा स्वागत मन्तव्य दिदै अध्यक्ष हरिभक्त शर्माले वर्तमान सरकारले निजी क्षेत्रको कुरा समेत मनन गरेकोमा सरकार प्रति निजी क्षेत्रको सकारात्मक सोच रहेको वताए । कतिपय विषयमा संरचनात्मक एवं व्यावहारिक समस्या रहेकोले ती समस्याहरुको समाधानमा सरकारलाई ध्यान पुर्‍याउन आग्रह गरेका थिए ।
सोहि अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले आर्थिक विकासलाई सरकारले केन्द्रविन्दुमा राखेकोमा निजी क्षेत्र सकारात्मक भएको वताउदै आज पनि इमान्दारीताको खाचो रहेको वताएका थिए ।
यस साधारण सभाले आगामी दुई वर्षका लागि परिसंघमा नयाँ नेतृत्व समेत चयन गरेको छ । सतिष कुमार मोर परिसंघको नयाँ अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा नयाँ राष्ट्रिय परिषद तथा कार्य समितिको चयन भएको छ । जस अनुसार नयाँ कार्य समितिमा उपाध्यक्षहरु (१) अनुज अग्रवाल (२) विष्णुकुमार अग्रवाल 
(३) निर्वाण चौधरी (४) शुलभ अग्रवाल (५) विरेन्द्रराज पाण्डे (६) राजेश अग्रवाल तथा (७) कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
यसै गरि परिसंघका नव निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुमा १) आदित्य संघाई, २) आश्मि राणा, ३) अमित कुमार वेगानी, ४) अमित मोर ५) आशा राणा अधिकारी, ६) आशिष गर्ग, ७) वर्षा श्रेष्ठ, ८) दिलीपकुमार अग्रवाल, ९) गोकुल भण्डारी, १०) गुरुप्रसाद न्यौपाने, ११) हेमराज ढकाल, १२) कमल जैन, १३) लक्ष्मीप्रसाद सुवेदी, १४) मनिष खेम्का, १५) मनोज केडीया, १६) निकोलस पाण्डे, १७) पम्फा धमला, १८) राहुल कुमार अग्रवाल, १९) राज बहादुर शाह, २०) रोहित गुप्ता, २१) सन्दिपकुमार शारदा २२) संजिव रिजाल, २३) शरदकुमार टिवडेवाला, २४) शिशिर भट्ट, २५) सुधीर मित्तल, २६) सुरजभक्त पोडेल, २७) सुरेसलाल श्रेष्ठ, २८) वरुणकुमार तोडी र २९) विवेक अग्रवाल छन् ।
यसै गरि १) मीनप्रकास मैनाली, प्रदेश–१, २) नरेश दास, प्रदेश–२, ३) ऋषि घिमिरे, प्रदेश–३, ४) विनोद न्यौपाने, गण्डकी प्रदेश, ५) एजाज आलम, प्रदेश–५, ६) टेकबहादुर भण्डारी, कर्णाली प्रदेश तथा ७) हेम विक्रम थापा, सुदूरपश्चिम प्रदेशका “प्रदेश परिसंघ”का संयोजकमा चयन भएका छन् । प्रदेश परिसंघका संयोजक स्वतः परिसंघको राष्ट्रिय परिषद सदस्य हुने व्यवस्था रहेको छ । त्यस्तै परिसंघको विशेष आमन्त्रित राष्ट्रिय परिषद सदस्यमा १) नवराज अर्‍याल, अध्यक्ष, उद्योग संघ मकवानपुर, २) भेषराज दुवाडी, अध्यक्ष चितवन उद्योग संघ ३) गणेश अधिकारी, अध्यक्ष, रुपन्देही उद्योग संघ तथा ४) बलभद्र नकर्मी, अध्यक्ष, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ रहने छन् ।
परिसंघको उक्त साधारण सभाले आफ्नो विधानमा समय सापेक्ष सुधार समेत गरेको छ ।
 
alt
 
alt
 
alt