प्रधानमन्त्रीसँगै परिसंघको टोली भियतनाम प्रस्थान

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीबाट यही बैशाख २६ गतेदेखि प्रारम्भ भएको मित्रराष्ट्रहरु भियतनाम तथा कम्बोडीयाको औपचारिक भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर र निवर्तमान अध्यक्ष हरि भक्त शर्मा संलग्न हुनुभएको छ ।
भियतनाम तथा कम्बोडीयामा रहँदा परिसंघबाट सम्मिलित प्रतिनिधि मण्डल प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरुमा समेत संलग्न हुने छ । त्यस्तै दुबै देशहरुका उद्योग वाणिज्य संघका पदाधिकारीसँग समेत भेटवार्ता गरी दुबै देशका निजी क्षेत्र बीचको सम्पर्क र सञ्जाल विस्तारको लागि पहल गर्नुहुने छ ।
दुबै मुलुक दक्षिण पूर्वी एशियामा आर्थिक उद्योग विकासको क्षेत्रमा उदयीमान मुलुकको रुपमा अघि बढिरहेको पृष्ठभूमिमा नेपाल–भियतनामका साथै कम्बोडीया बीचको आर्थिक व्यवसायिक सम्पर्क, सहकार्य र सहयोगको क्षेत्र विस्तार गर्न दुबै देशका निजी क्षेत्र बीचको सम्बन्ध सुधारमा यस भ्रमणका क्रममा हुने भेटवार्ताबाट महत्पूर्ण सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।