१३१ औ अर्न्तराष्ट्रिय मे दिवसको शुभ–कामना

मे १ तारिखका दिन आज मनाइने अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समग्र श्रमिक वर्गमा नेपाल उद्योग परिसंघका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक सुभकामना दिन चाहन्छु ।
 
हामी सधै श्रम र उत्पादनको हार्दिकतापूर्ण सम्वन्धको सेतुलाइ स्विकार गर्दै समृद्ध आर्थिक प्रणालीको विकासमा श्रमिक वर्गसंग हातेमालो गर्दै आएका छौं । यसैबाट  दिगो आर्थिक प्रणालीको विकास हुन्छ भन्नेमा हाम्रो गहिरो विश्वास रहदै आएको छ । यसैले श्रमिक दिवसको अवसरमा थप सौहार्दपूर्ण श्रम सम्बन्ध विकासमा साझेदारीका लागि आह्यवान गर्न चाहन्छु ।
 
कतिपय अवस्थाहरु हाम्रो वशभन्दा बाहिर रहन पुग्ने यथार्थ आज हाम्रा सामुन्नेमा छ । कोरोना भाइरसको महामारीले विश्व उत्पादन तथा वितरण प्रणाली ठप्प हुदा विश्व अर्थव्यवस्था नै नराम्ररी प्रभावित भएको छ । यो महामारी, आर्थिक संकट र वेरोजगारीको महामारीरुपमा समेत फैलिरहेको छ । यसबाट नेपाल समेत अछुतो छैन् । अझ, श्रम प्रधान तथा विप्रेषणमा आधारित नेपालको अर्थतन्त्र झनै संकटोन्मुख अवस्थामा पुगेको छ । त्यसैले विग्रदो परिस्थितीलाइ सम्हाल्दै अघि बढ्नु नै  हाम्रा अगाडी सवैभन्दा ठूलो कार्यभार रहन पुगेको आजको दिनमा स्मरण गर्न चाहान्छु ।
 
यसरि विद्यमान विषम परिस्थितिको सामना गर्दै सामुन्नेमा आएको आर्थिक संकट थेग्न थप आपसि समझदारिका साथ अघि बढ्ने विस्वास व्यक्त गर्दै सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदी वहिनीहरूको सु-स्वास्थ्य र सुरक्षाको कामना सहित पुनः मे दिवसको हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
 
 
 
सतिसकुमार मोर
अध्यक्ष,
नेपाल उद्योग परिसंघ
मे १,२०२०