आर्थिक वर्ष २०७८/७९ को वजेटका लागि सुझाव पेश गर्ने सूचना

नेपाल सरकार, अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०७८/७९ को संघीय सरकारको वजेट निर्माणका लागि नेपाल राजस्व परामर्ष समितिले सुझाव संकलन तथा यस सम्बन्धमा पूर्वतयारी गरिरहेको जानकारी गारउन चाहन्छौं । यसै पृष्ठभूमिमा नेपाल उद्योग परिसंघ (CNI) ले सम्बन्धित उद्योग प्रतिष्ठानहरु र संघ संस्थाहरुको तर्फबाट सुझाव संकलन गरी राजस्व परामर्ष समिति तथा नेपाल सरकारलाई आफ्नो सुझावहरु पेश गर्ने तयारी गरिरहेको छ । 
आगामी वजेटमा के कस्ता प्रावधान, कर तथा राजस्व नीति र तिनिहरु बीच कसरी समन्वय कायम गर्ने सम्बन्ध तथा विद्यमान आर्थिक ऐन २०७७/७८ मा देखिएका समस्याहरु, नयाँ प्रस्तावहरु तथा सुझावहरु email वा पत्र मार्फत यही २०७७ चैत्र १७ गते (तदनुसार ३० मार्च, २०२१) भित्रमा परिसंघको सचिवालयमा आईपुग्ने गरी उपलब्ध गराई दिनुहुन सदस्य उद्योग प्रतिष्ठान तथा संघ संस्थाहरुमा हार्दिक अनुरोध गर्दछौं ।
नेपाल सरकार, अर्थ मन्त्रालयले स्थायीरुपमा गठन गरेको राजस्व परामर्ष समितिले निम्नानुसार उप-समितिहरु बनाई छलफल अगाडि बढाएकोले सोहि उप-समितिका आधारमा सुझावहरु उपलब्ध गराई पाउन परिसंघ सचिवालय हार्दिक अनुरोध गर्दछ ।
 
तपसीलः
१- आन्तरिक राजश्व उपसमिति
२- भंसार उपसमिति
३- आर्थिक क्षेत्र (उद्योग, वाणिज्य, पर्यटन, रियलस्टेट, लगानी तथा निर्यात प्रवद्र्धन) उपसमिति
४- राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति सुद्धिकरण अनुसन्धान उपसमिति
५- वित्तिय क्षेत्र (बैंक, वित्तिय संस्था, विमा, सहकारी तथा पुँजी बजार) उपसमिति
६- गैर कर उपसमिति
७- अन्तर सरकारी राजस्व व्यवस्थापन उपसमिति
 
 
महानिर्देशक
नेपाल उद्योग परिसंघ 
ट्रेड टावर, थापाथली, काठमाण्डौ 
फोनः ०१–५११११२२, ५११११२३ 
Email: cni@cnind.org