परिसंघ प्रतिनिधि मण्डलद्वारा उद्योगमन्त्रीसँग भेटवार्ता

CNINewteamwithHon'bleIndustryMinister-1 CNITeamwithHon'bleIndustryMinister-2

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष श्री नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विहिवार उद्योग मन्त्री श्री अनिल कुमार झालाई भेट गरेको छ । उक्त प्रतिनिधि मण्डलमा परिसंघका नवनिर्वाचित पदाधिकारीका साथै गभर्निङ काउन्सिल तथा राष्ट्रिय परिषदका सदस्यहरुको पनि सहभागीता थियो ।

Media Response

उद्योग मन्त्रालयमा भएको उद्योग मन्त्री र परिसंघका पदाधिकारीहरु विचको उक्त भेटवार्तामा सार्वजनिक नीजि साझेदारी मार्फत लगानी प्रवर्धन, औद्योगिक वातावरण सुधार, ऊर्जा तथा श्रम समस्या समाधान लगायतका विषयमा छलफल भएको थियो । परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले औद्योगिक पुर्वाधार निर्माण, लगानीमैत्री वातावरण विकास तथा रोजगारी सृजना र सामाजिक उत्थानका क्षेत्रमा सरकार सँग मिलेर काम गर्न परिसंघ सदा तत्पर हुँदा रहेको धारणा राख्नु भयो । परिसंघको अबको प्राथमिकता औद्योगिक र व्यवसायिक सम्भावना भएका क्षेत्रमा थप आर्थिक गतिविधि र रोजगारी सृजना गर्ने रहेको छ, अध्यक्ष बस्न्यातले भन्नुभयो ।

सोही अवसरमा परिसंघका उपाध्यक्षहरु हरीभक्त शर्मा, अनुज अग्रवाल र मनोज केडियाले औद्योगिक क्षेत्रका समसामयिक विषयमा धारणा राख्नु भएको थियो । त्यसैगरी, परिसंघको गभर्निङ काउन्सिलका संयोजक चिरञ्जिलाल अग्रवाल र सदस्य विजय कुमार शाहले देशमा विद्यमान आर्थिक तथा औद्योगिक समस्या समाधानका लागि उद्योग मन्त्रालयले नेतृत्वदायी भुमिका खेल्नु पर्ने धारणा राख्नु भयो । यस विषयमा सरकारलाई रचनात्मक सहयोग गर्न परिसंघ तयार रहेको उहाँहरुको भनाई थियो ।

उद्योग मन्त्री अनिल कुमार झाले औद्योगिक वातावरण निर्माण, लगानी प्रवद्र्धन गर्न र रोजगारी सृजना मार्फत आर्थिक विकसमा नेपाल उद्योग परिसंघको अग्रसरता स्वागतयोग्य भएको बताउनु भयो । राजनीतिक अस्थिरताका कारण औद्योगिक विकास सँग सम्वन्धित महत्वपूर्ण विधयकहरु परित हुन नसकेकाले औद्योगिक प्रवर्धनका लागि उद्योग मन्त्रीले काम नै नगरे जस्तो देखिएको छ, मन्त्री झाले भन्नुभयो, अध्यादेशबाट आर्थिक बिधयक ल्याउने अवस्था पनि नरहेकाले चुप लागेर बस्नु परेको छ ।तर, छिट्टै उद्योग व्यवसायका लागि सकारात्मक समाचार सार्वजनिक गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री झाको भनाई थियो ।

सोही अवसरमा उद्योग सचिव श्री कृष्ण ज्ञवालीले राजनीतिक अवस्था प्रतिकुल छ भनेर केही नगरी बस्ने अवस्था नरहेको बताउनु भयो । त्यसमा पनि उद्योगी व्यवसायीहरुले चाहेर पनि व्यवसायन गरी बस्न नसक्ने अवस्था छ, ज्ञवालीले भन्नुभयो, बरु नयाँ तरिकाले काम गर्ने गरी प्रस्ताव लिएर आउनुहोस सहयोग गर्न मन्त्रालय सदैब तयार छ ।