भण्डारी माथिको आक्रमण निन्दनीय

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी माथि सोमवार साँझ भएको साँघातिक आक्रमणप्रति नेपालको औद्योगिक क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । कार्यालयको काम सिध्याएर आफ्नो निवास तिर फर्कदै गर्दा एउटा व्यवसायिक व्यक्ति तथा बैंकर माथि आतंकवादी शैलीमा भएको आक्रमणलाई परिसंघले मुलुकको समग्र आर्थिक, बैंकिङ तथा वित्तीय प्रणालीका साथै लाखौंको रोजगारी र अर्बौको आर्थिक गतिविधि सृजना गर्ने सेवा उद्योग माथिको आक्रमणका रुपमा लिएको छ ।

Media Response

मुलुकको लगानी, आर्थिक एवं व्यवसायिक वातावरण खल्बलाउने दुरासयले गरिएको यस्तो आक्रमण जुनसुकै ब्यक्ति वा समूहबाट भएको भए पनि निन्दनीय छ । तसर्थ, भविष्यमा यस्ता अपराधिक ब्यक्ति वा प्रबृत्तिको मनोबल बढ्न नपाओस र अहिलेसम्म तुलनात्मक रुपमा सूरक्षित र आकर्षक रहेको बैंकिङ तथा वित्तीय क्षेत्रमा अपराधिक र अराजक गतिविधिले प्रश्रय नपाउने वातावरण बनाउन परिसंघ संवन्धित निकायहरुको गंभिर ध्यानाकर्षण होस भन्ने चाहन्छ ।