प्रेस विज्ञप्ती

राजनैतिक संकटले व्याप्त विद्यमान समयमा उचित नीति र ऐनको अभावमा उद्योगहरु संचालनको वातावरण न्यून छ । संकटकाबीच झिनो आसा बोकेर व्यक्तिगत सम्पत्ति र परिश्रमलाई धरापमा राखेर उद्योग व्यवसाय संचालन गरिरहेकाहरु एकातर्पm अनियमितर अत्यधिक लोडसेडिड्डको मारमा परिरहेका छन् भने अर्कातर्पm चन्दा आतंक र बन्द हड्तालले उद्योग धन्दा दिनानुदिन धरासायी बन्दै गइरहेका छन् । थरिथरिका माग राखी विभिन्न राजनैतिक दल, वर्ग तथा समुदायद्वारा भैरहेको बन्द हड्तालले उद्योगहरु बन्द गर्नुको कुनै विकल्प छैन । जसले गर्दा राष्ट्रिय उत्पादनको स्तर खस्कदै जाने र पूजी पलायन बढ्ने निश्चित छ ।

जायज माग राखी गरिने जनुसुकै पनि आन्दोलनका कार्यक्रम प्रति संघको सदैव सकारात्मक धारणा रहदै आएको सर्वविदितै छ । तर त्यसरी गरिने आन्दोलनले सिर्जना गर्ने नकारात्मक असरप्रति पनि संघ त्यत्तिकै संवेदनशील रहेको छ । बन्द हड्तालबाट हुने आर्थिक नोक्सानीले पार्ने दुरगामी असर प्रति गम्भिर बनि बन्दको विकल्प खोजी गरी शान्तिपूर्ण रुपमा मागहरु राख्ने तर्फ ध्यान दिन सम्पूर्ण आन्दोलनरत पक्षहरुसँग तथा रुपन्देही उद्योग संघ हार्दिक आग्रह गर्दछ । साथै बन्दले सिर्जना गर्ने आम जनजिवन प्रतिको नकारात्मक असर र औद्योगिक नोक्सानी प्रति सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।