उद्यौगिक क्षेत्रको भाडा वैज्ञानिक हुनुपर्ने परिसंघको भनाई

औद्योगिक विकासको उदेश्यले  सरकारले  विगत २०१६ साल देखि औद्योगिक क्षेत्रको स्थापना गरि उद्योगहरुलाई भवन र जमिन समुचित भाडामा उपलव्ध गराउदै आएकोले त्यस क्षेत्रमा सन्चालित उद्योगहरुले केही राहतको महशुस गरेका थिए । तर हाल आएर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले त्यहाँ सन्चालित उद्योगहरु रहेको भवन र जग्गाको भाडा  नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका प्रतिनिधि संग भएको सहमति विपरित वृद्धि गरेको विषयमा नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाआकषर्ण  भएको  छ ।

औद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय यस अघि पनि द्धिपक्षिय सल्लाह र सहमतिमा तय गर्ने परिपाटी हुदाहुदै हाल आएर  सहमतिका  विपरित घर भाडामा अत्याधिक वृद्धि गरिनु उचित होईन । एकतर्फि भाडा वृद्धिका कारण नेपाल औद्योगिक क्षेत्र महासंघले सन्चालन गरेको विरोध कार्यक्रमको परिसंघ समर्थन र ऐकवद्धता व्यक्त गदै सहमति विपरित गरिएको निर्णय खारेज सहित उद्योगहरुलाई मर्का नपर्ने गरि वैज्ञानिक तरिकाले आपसी सहमतिमा भाडादर कायम गर्न पनि परिसंघ सम्वन्धित पक्ष संग माग गर्दछ ।