क्षेत्रीय व्यापार सहजिकरण समूहको दोस्रो बैठक काठमाडौंमाः

जर्मन सहयोग नियोग (GIZ) को सहयोगमा सञ्चालित सार्क व्यापार प्रवद्र्धन सञ्जाल (SAARC-TPN) अन्तर्गतको क्षेत्रीय व्यापार सहजिकरण समुह (RTP) को दोस्रो बैठक काठमाडौंमा शुरु भएको छ । बिहिवार शुरु भएको उक्त बैठक शुक्रवार सम्म चल्नेछ । RTF को संयोजकको हैसीयतमा नेपाल उद्योग परिसंघले GIZ सँगको सहकार्यमा आयोजना गरेको सो बैठकमा  सबै सार्क मुलुकबाट RTF मा प्रतिनिधित्व गर्ने सरकारी तथा निजी संस्थाहरुको सहभागिता छ ।

बैठकमा RTF को एक सदस्य बंगलादेशको Metropolitan Chamber of Commerce and Industry MCCI ले सार्क क्षेत्रमा गैरभन्सार अवरोधको बिष्लेषण (Analysis of Prevailing Non-Tariff Measures in SAARC Region) शिर्षकमा गरिरहेको अध्ययनले पत्ता लगाएका विषयहरुमा छलफल गर्ने र सो अध्ययनलाई छिटो भन्दा छिटो सम्पन्न गरेर त्यसको प्रतिवेदन तयार गर्ने विषयमा निर्णय गर्ने कार्यक्रम छ । अध्ययन सम्पन्न भएर प्रतिवेदन तयार भए पछि त्यसलाई क्षेत्रीय स्तरको प्रकाशन गृह मार्फत सबै सार्क मुलुकहरुमा उपलब्ध हुने गरी प्रकाशन र वितरण गर्ने विषयमा पनि बैठकले निर्णय गर्ने छ ।

लगभग अन्तिम चरणमा रहेको सो अध्ययनले दक्षिण एशिया खासगरी सार्क देशहरुमा अन्तर क्षेत्रीय व्यापारको प्रसस्त समभावना भए पनि त्यसलाई हासिल गर्न सार्क देशहरु सफल हुन नसकेको देखाएको छ । त्यसरी प्रशस्त समभावना हुँदा हुँदै पनि क्षेत्रीय व्यापार बढ्न नसक्नुको प्रमुख कारण गैर भन्सार अवरोध भएको पनि अध्ययनले इंगित गरेको छ । सार्क व्यापार प्रवद्र्धन सञ्जालको उक्त अध्ययन यस क्षेत्रमा रहेका गैर भन्सार अवरोधहरुलाई कम गर्न र क्षेत्र भित्र नै व्यापार प्रवद्र्धन गर्न आवश्यक नीति र रणनीति अवलम्वन गर्न संवन्धित देशका सरकार तथा निजी व्यवसायिक संस्थाहरुलाई सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ ।

उक्त बैठकमा नेपाल उद्योग परिसंघको तर्फबाट समूहका संयोजक दिलिप अग्रवालको सहभागिता थियो ।