डेनिस राजदूत र परिसंघ पदाधिकारीविच भेटवार्ताः

नेपाल उद्योग परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार वस्न्यातले नेपालको सामाजिक आर्थिक क्षेत्रको विकासका साथै लगानी वढाउने कार्यमा समेत सहयोग गर्न डेनमार्कका राजदुतलाई आग्रह गर्नुभएको छ । आज मंसिर १३ गते नेपालका लागी डेनमार्कका राजदुत क्रिष्टिन गेलेन (Kristen Geelan) र परिसंघका पदाधिकारी विच भएको भेटवार्ताका अवसरमा उक्त आग्रह गर्नु भएको हो । भेटका अवसरमा नेपाल र डेनमार्क विचको आर्थिक एंव सामाजिक सम्बन्ध विस्तारको विषयमा छलफल भएको थियो ।

सो अवसरमा परिसंघका अध्यक्ष वस्न्यातले राजदुत गेलेनको स्वागत गर्नुहुदै उहांको कार्यकालमा नेपाल र डेनमार्कको आर्थिक एंव व्यावसायिक सम्बन्ध थप गहन बनाउन र नेपालमा डेनमार्कको लगानी भित्रयाउन सहयोगी रहने विश्वास व्यक्त गर्नुभयो ।

संविधान सभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न भएको , छिटैनै निर्वाचित सरकार गठन हुने विश्वास गरिएको र राजनितिक दलहरुले आःआफ्नो घोषणा पत्रमा आर्थिक उदारीकरण , वैदेशिक लगानी एंव औद्योगिक शान्ति प्रति प्रतिबद्घता गरेको कारण लगानीको वातावरणमा थप सुधार आउने उल्लेख गर्नुहुदै अध्यक्ष वस्न्यातले  नेपाल र डेनमार्क विच द्घिपक्षिय सम्बन्धको विस्तारका साथै शिक्षा ,मानव अधिकार, शान्ति प्रक्रिया जस्ता सामाजिक क्षेत्रहरुमा डानिडा (DANIDA) मार्फत उल्लेखनिय उपलब्धी भएको तर अन्य मुलुकको तुलनामा डेनमार्कबाट लगानी बृद्घि गर्न डेनिस सरकारका साथै नेपाल उद्योग परिसंघ र डेनिस उद्योग परिसंघ (Danish Confederation of Industries) विचको सहकार्य बढाउन आवश्यक भएकोले  यस कार्यमा डेनिस दूतावासवाट पहल गर्न राजदुत गेलेन सग अनुरोध गर्नु भयो ।

प्रत्युतरमा राजदुत गेलेनले सामाजिक विकासमा कार्यक्रमका अतिरिक्त आर्थिक एंव लगानी बृद्घिमा डेनमार्क इच्छुक छ तर नेपालमा आज पनि शुशासन र भ्रष्टाचार जस्ता विषयमा ठुलो प्रश्न उठीरहेकोले लगानीकर्ताहरु आस्वास्त हुने वातावरण नभएको उल्लेख गर्नुहुदै यो विषयमा पूर्ण विश्वास र आस्वस्त हुनपर्ने स्पष्ट गर्नु  भयो । राजदूत गेलेनले समावेशी आर्थिक कार्यक्रमको साथ साथै व्यवसायीक साझेदारी (Business Partnership) अन्तर्गत  डेनिस सरकारले नेपालको कृषि, हस्तकला, पर्यटन, फोहोर व्यवस्थापनका साथै खाद्य प्रशोधन, मासु प्रशोधन, वैकल्पीक उर्जा जस्ता क्षेत्र विकास र लगानीको लागि नेपाल र डेनमार्कका उद्योगी व्यावसायी विच निरन्तर सम्पर्क र भेटघाट (B2B) को कार्ययोजना भएको र यसै क्रममा आगामी मार्च २०१४ मा काठमान्डौमा उक्त कार्यक्रम आयोजना गरिने र यसमा परिसंघलाइ समावेश गराइने पनि उल्लेख गर्नुभयो ।

परिसंघको सचिवालयमा भएको सो छलफलमा परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार वस्न्यात लगायत उपाध्यक्षहरु श्री हरि भक्त शर्मा र श्री मनोज केडिया हुनुहुन्थ्यो ।